Thursday, November 26

खुशीको खबर : १२ लाख आप्रवासी क्यानडाले भित्र्याउने यसरी,लिन पाउनेछ अब नेपालीले पीआर

November 6, 2020 358

काठमाडौं । आज पनि धेरै नेपालीहरु रोगजारको लागि अध्ययन वा अन्य कुनै कारणले विदेशमा पलायन भनेको छ । अमेरिका, युरोप र क्यानडा जस्तो बिकशित देशहरुमा जानका लागि धेरै नै संघर्ष हुन्छौ । कतिपय अवस्थामा अथक प्रयास गर्दा पनि सफल हुँदैन र यो बीचमा क्यानडाले हामि जस्तोहरुको लागि खुशीको खबर प्रदान गरेको छ । क्यानडामा आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने तयारीमा भनेको जनायको छ ।

शुक्रबार संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नको लागि आप्रवासीले ठुलो सहयोग पुर्याउने भन्दै यस्तो योजना सार्वजनिक गरेका हुन् ।

क्यानाडामा अव ठुलो संख्यामा जनशक्ति आवश्यक पर्ने भन्दै उनले आप्रवासन मार्फत त्यसलाई परिपूर्ति गर्ने योजना रहेको जानकारी दिएका छन। उनले यसका लागि नेपाल लगायत एसियाका उर्जाशील र मेहनती युवाहरुमा क्यानडा केन्द्रीत हुने बताएका छन् । यसका लागि छिट्टै योजना बनाएर आप्रवासी आवागमनको थालनी गर्ने स्पष्ट पारेका छ।

राजधानी ओटावामा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री मेन्डिसिनोले सन् २०२१ मा ४ लाख १ हजार आप्रवासीलाई स्थायी बसोबास (पीआर) अनुमति दिइने स्पष्ट पारेका हुन् । त्यस्तै २०२२ मा थप ४ लाख ११ हजार र २०२३ मा ४ लाख २१ हजार नयाँ आप्रवासीलाई पीआर अनुमति दिने सरकारको तयारी रहेको छ ।

क्यानडालाई थुप्रै कामदारहरू आबसयक पर्ने बताउँदै त्यो परिपूर्ति गर्न आप्रवासीको संख्या बढाउन लागेको उनले जानकारी गराए । मन्त्री मेन्डिसिनोले कोरोनाले मुलुकको अर्थतन्त्रलाई निकै क्षति पुगेको भन्दै आप्रवासन महत्वपूर्ण रहेको बताएका छन् ।

उनका अनुसार महामारी पहिले आप्रवासनद्वारा अर्थतन्त्र माथि लैजाने तथा सरकारको लक्ष्य प्राप्तिका लागि आप्रवासन महत्वकांक्षा थियो तर अहिले अपरिहार्य भएको छ । जानकारहरुका अनुसार यसको लाभ नेपालीहरुले पनि ठुलो संख्यामा उठाउन सक्छन् ।

क्यानाडामा नेपाली चाहिँ कति छन् त ?

यसको ठ्याक्कै मिल्दो जवाफ कतै उपलव्ध छैन। सन् २०१६ को सरकारी जनगणनाले क्यानाडामा नेपालीको संख्या १० देखि ५० हजारको वीचमा देखाएको छ। नेपाली राजदूतावास र एनआरएनएले भने क्यानाडामा ५० हजारदेखि एक लाख नेपाली रहेको दावी गर्छन्। अहिले ४ बर्ष वितेको छ । तर ४ बर्षमा संख्या भने ह्वात्तै बढेको आँकलन छ ।

करिव १६ बर्षदेखि क्यानाडा बस्दै आएका गोपीकृष्ण काफ्ले, जो गैरआवासीय नेपाली महासंघ (एनआरएनए) क्यानाडाका पूर्व अध्यक्ष पनि हुन्, उनी भन्छन्, ‘नेपालीको संख्या बढ्नु जति सुखद् कुरा हो, संघ संस्था खुल्नु नि सुखद् तर एउटाले अर्कोलाई स्वीकार्नुपर्छ।’

यहाँ पछिल्लो समय लाख माथी नेपाली रहेको आँकलन छ । १० प्रोभिन्स र तीन टेरिटोरीभित्र छरिएको क्यानेडियन भूमिमा सन् २००९ देखि २०१२ को बीचमा धेरै नेपाली आएको तथ्यांक छ। त्यो समयमा ‘दक्ष कामदार’अन्तर्गत पोइन्ट सिस्टमबाट नेपालबाटै पिआर (स्थायी आवास) आवेदन गरेर परिवारसहित आउनेहरु उल्लेख्य छन्।

त्यस्तै, वर्क पर्मिट लिएर खाडी मुलुकबाट भित्रिने, फेमिली स्पोन्सरमा आएर सेटल हुने, विभिन्न कारण देखाएर शरणार्थी बन्ने र विद्यार्थी भिसामा आएर पढ्दै करिअर बनाउने नेपालीहरु क्यानाडामा भेटिन्छन्। अहिले सबै प्रोभिन्स र टेरिटोरीमा थोरबहुत नेपाली फैलिइसकेका छन्।

क्यानाडामा बस्नलाई नेपालीको पहिलो रोजाई टोरन्टो भएको पाइन्छ। अन्टारियो प्रोभिन्सको राजधानी हो– टोरन्टो। जनसंख्या दृष्टिले टोरन्टो उत्तर अमेरिकाको चौथो ठूलो शहर हो। तालको किनारमा फैलिएको टोरन्टोमा २८ लाख मानिस बस्छन्।

‘क्यानाडामा १४ वर्षयता नेपालीहरु थपिनेक्रम बढेको छ’ सन् २००२ देखि सपरिवार टोरन्टो नै बस्दै आएका नेपाली समुदायका अगुवा गोविन्दसिंह रावत भन्छन्, ‘संख्या बढ्ने क्रमसँगै नेपाली संघ, संस्था खुल्ने र कार्यक्रम गर्ने परिपाटी पनि बढेको छ।’

६ बर्षअघि एनआरएनए क्यानाडाका पूर्वअध्यक्ष तुलसी सापकोटाले एउटा अन्र्तवार्तामा अल्बर्टाको एडमण्टन, क्याल्गेरीदेखि ब्रिटिश कोलम्बियाको भ्यान्कोभरहुँदै ओटवा, नुनावुत, क्युवेकसम्मै नेपाली फैलिएको बताएका थिए।

source:thebuddhakhabar

प्रतिकृया दिनुहोस्