Saturday, December 5

नियमित रुपमा राति दिन सम्म ल्वाङ १० खानुस । पाउनुहुनेछ चमत्कार नै चमत्कार

November 6, 2020 283


काठमाडौँ -यदि राति सुत्नुअघि निमितरुपमा ल्वाङ सेवन गर्दा १० दिनभित्रै तपाइँले यसको फाइदा महसुस गर्न सक्नुहुन्छ आजैबाट सुत्ने बेलामा ल्वाङ खानुस र शरीरमा आश्चर्यजनक फाइदा देक्नुहुन्छ।। यदि
तपाईंले लियको ल्वाङमा चाउरी परेको वा चिरा परेकोजस्तो पाउनुभयो सम्झनुस् कि त्यसबाट तेल निकालिएको छ । त्यसलाई किनेर काम छैन किनभने त्यसले कुनै काम गर्दैन । ल्वाङको सबैभन्दा महत्वपूर्ण कुरा नै यसको तेल हो । तसर्थ तेलयुक्त ल्वाङबाट मात्र स्वास्थ्यलाभ लिन सकिन्छ ।

के-के छन ल्वाङका फाइदा ?पद्नुस

दाँत दुखाइमा आराम

तपाईंको दाँत दुखेको खण्डमा ५ ग्राम कागतीको रसमा ३ वटा ल्वाङ पिसेर जहाँनेर दुखेको छ ठीक त्यहीँ ठाउमा लगाउनुहोस तत्काल आराम मिल्छ ।

अथवा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दुखेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ । यति पनि नभए ल्वाङलाई नै दुखेको ठाउँमा पारेर च्यापिराख्दा पनि केही छीनमा आराम हुन थाल्छ । ल्वाङले दाँतका सबै खालको संक्रमण हटाउँछ ।

घाउको उपचार

ल्वाङ निकै कडा रसयुक्त हुन्छ । कुनै पनि प्रकारको घाउ छ भने जैतुनको तेलमा थोरै ल्वाङको तेल मिसाएर घाउमा लगाउँदा घाउ छिटै निको हुन्छ ।

का’टेको वा अन्य चो’टपटक लागेको अवस्थामा ल्वाङलाई पिसेर त्यसमा बेसार मिसाई लगाउँदा चोट चाँडै निको हुन्छ । त्यो पाक्ने सम्भावना रहँदैन।

घाँटीको खसखस

मौसमी परिवर्तन वा बाहिरी खानपानका कारण घाँटी बस्ने, खसखस हुनेजस्ता समस्या देखा परे १-२ घण्टाको अन्तरालमा एउटा ल्वाङ चपाउने वा त्यसलाई जिब्रोमा राखिराख्नाले घाँटी खसखस हुने वा दुख्ने समस्या हट्छ ।

पेट सफा राख्न

दिनमा २–४ वटा ल्वाङ चपाएर खानाले पूरै दिन ताजापन महसुस हुनाका साथै पेट पनि सफा रहन्छ। नियमित ल्वाङको सेवनले हरेक दिन पेट खलास हुन्छ।

इम्युन सिस्टम वृद्धि

ल्वाङमा इम्युन बुस्टर हुन्छ जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउन सहयोग गर्छ । ल्वाङको नियमित सेवनले कमजोरी हट्छ ।

हातगोडा काम्दैन

कतिपयमा हातगोडा काम्ने समस्या हुन्छ । यस्तो समस्या छ भने हरेक रात सुत्नुअघि १–२ वटा ल्वाङ चपाएर खानुपर्छ । केही दिनपछि हात गोडा काम्ने समस्या निर्मूल हुन्छ ।

अन्य समस्यामा

टाउको दुखेको छ घरमा अन्य औषधि छैन, भनेपछि के गर्ने ? यस्तोमा २–३ वटा ल्वाङ पिसेर मनतातो पानीसँग स्वाट्ट पिइदिनुपर्छ । केही बेरपछि नै राहत महसुस हुन्छ।

कतिपय मानिसको आँखाको सेतो भागमा समस्या हुन्छ जसका कारण उनीहरूको दृष्टि कमजोर हुन्छ। यस्तो अवस्थामा तामाको भाँडामा ल्वाङ पिसेर त्यसमा थोरै मह मिसाई खानुपर्छ। फाइदा गर्छ।

यति धेरै गुण भएर पनि ल्वाङको बढी सेवन हा’निकारक हुन्छ । यसको प्रकृति गर्मी खालको हुन्छ । तसर्थ यसको सेवन गर्नुअघि आयुर्वेदिक विशेषज्ञसँग परामर्श लिनु राम्रो हुन्छ।

source:thebuddhakhabar

प्रतिकृया दिनुहोस्