Saturday, December 5

राष्ट्रपतिले नेकपा भित्र भएको विवादमा सक्रियता देखाउनु शोभा दिदैन – नेकपा नेता भिम रावल

November 6, 2020 131

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले देखाएको सक्रियताको ट्वीटरमार्फत विरोध गरेका छन् ।

राष्ट्रपति भण्डारीले प्रम ओलीको मात्रै कुरा सुनेर  नेकपाको आन्तरिक समस्यामा एक पक्षलाई मात्र साथ दिएर पदीय मर्यादाको उलंघन र संविधानले स्थापित गरेको प्रणालीको अवज्ञा गरेको समेत नेता रावलले ट्वीटरमार्फत आरोप लगाएका छन् ।

केहि दिन अघि राष्ट्रपति भण्डारीले गृहमन्त्री एबं नेकपाका नेता रामबहादुर थापा र नेकपा उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेको बाहिरिए सँगै रावलले ट्वीटरमार्फत राष्ट्रपतिको आलोचना गरेका हुन् ।

रावलले ट्वीटमा भनेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ। यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।

प्रतिकृया दिनुहोस्