Saturday, December 5

अभिनेत्री मनिषा कोइराला भन्छन वीर गोर्खालीको बलिदानले नेपाल जोगिएको हो अरुले दान दियको होइन

November 6, 2020 231

काठमाडौँ : चर्चित अभिनेत्री मनिषा कोइरालाले ५ वर्ष पहिले ‘नयाँ संविधानका लागि हाम्रो सुझाब’ भन्दै फेसबुकमा हिन्दूत्व, राजसंस्था(नेपाली जनता) र नेपाली सेनाको गठजोड ।

नै नेपाल जोगिएको आशय व्यक्त गरेकी थिइन। उनले उक्त स्ट्याटसमा लेखेकी छिन् ‘राजसंस्थालाई पाखा लगाएर संविधान निर्माण गरिँदा राष्ट्रिय एकता खल्बलिनुका साथै नेपालको सार्वभौमसत्ता नै गुम्ने ।

सम्भावना भएकाले राजसंस्थालाई उचित स्थान दिनु वाञ्छनीय छ । मनिषा कोइरालाको फेसबुक वालमा सुझाब लेख्नेमा भने मनिषासँगै साहित्यकार नरेन्द्रराज प्रसाईको पनि नाम थियो ।

उनीहरु दुबैले सुझाब दिँदै नेपाली राजसंस्थाले अढाइ सय वर्षसम्म राष्ट्रमा संरक्षकको भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए । नेपाल राष्ट्रले सनातन हिन्दुधर्मको संरक्षण र वैदिक संस्कृतिले नेपालको संरक्षण गर्दै ।

आएको भन्दै मनिषाले भनेकी छिन् ‘नेपाली हिन्दुत्वले विश्वमा आफ्नै विशिष्ट पहिचान स्थापित गरिसकेको सन्दर्भलाई बिथोल्नु हुन्न । नेपाली सेनालाई आगामी दिनमा शक्तिशाली बनाउनुपर्ने सुझाब दिएकी मनिषाले

सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक आयोगलाई बलियो बनाउनुपर्ने बताएकी छिन् ।मबीपी कोईरालाकी नातिनी मनिषा पूर्वमन्त्री प्रकाश कोइरालाकी छोरी हुन् ।

प्रकाश पनि हिन्दू धर्म र राजसंस्थाका पक्षधर हुन्। गिरिजा प्रसाद कोइरालाका खरो आलोचक प्रकाशले भनेका थिए,।
गिरिजाबाबुले गणतन्त्र, धर्मनिरपेक्षता र संघियता जस्ता अनुचित मुद्धा देशमा भित्र्याउनु भयो,।

यो नेपालका लागि अहितकर निर्णय थियो र अहिले यसले देशलाई हानी पुर्याइ रहेको छ। राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री समेत भएका कोइराला अहिले राजनीतिमा सक्रिय छैनन्

राजालाई सहयोग गरेको भन्दै गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली काँग्रेसले उनलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको थियो।

source:cnchautari

प्रतिकृया दिनुहोस्