Sunday, November 29

मोडल परी तामाङको अर्को पोर्न भिडियो आयो साथै पोर्न भिडियो खेलेको आरोपमा प्रहरी जवान पृथे तामाङ निलम्बन (भिडियो हेर्नुहोला )

November 6, 2020 1167

काठमाडौं । अश्लील फिल्ममा अभिनय गरेको आरोपमा प्रहरी जवान पृथे तामाङलाई निलम्बन गरिएको छ ।
महानगरीय प्रहरी वृत्त वानेश्वरमा कार्यरत पृथे तामाङले काठमाडौं परिसरले निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।

अश्लील भिडियोकै कारण चर्चामा आएकी विवादास्पद मोडल परी तामाङसँग उनले ‘सर्ट मुभी’ मा अभिनय गरेका थिए । त्यसबारे प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानबिन सुरु भएको थियो ।

‘हेडक्वार्टरबाटै आएको पत्रअनुसार उनलाई निलम्बन गरेर छानबिन गरिएको हो,’ काठमाडौं परिसरका एक प्रहरीले भने ।

केही वर्षअघि नै युट्युबमा अपलोड भएको सो फिल्ममा उनीहरुको किस खाएको तथा बेडसिनको दृश्य छ ।

प्रहरीले त्यसबारे छानबिन गर्न परी तामाङलाई समेत पटक-पटक बोलाएको थियो । उनले सामाजिक सचेतनासम्बन्धी एक भिडियोमा अभिनय गरेको र त्यसलाई अश्लील भन्न नमिल्ने बताएकी छिन् ।

प्रहरी जवान तामाङले संगठनको अनुमतिविना नै सो भिडियोमा आफूले अभिनय गरेको तर धेरै अश्लील नभएको बयान दिएका छन् ।

प्रहरी कर्मचारीले संगठनको अनुमति विना बाहिर काम गर्न नपाउने नियमावलीमा उल्लेख छ ।

अशिष्ट खालको फिल्ममा अभिनय गरेको पाइएपछि निलम्बन गर्नु परेको काठमाडौं प्रहरीले जनाएको छ । स्राेत : https://www.nepalwatch.com/?p=1666

प्रकासित मिति

२०७७ कार्तिक २१ गते

प्रतिकृया दिनुहोस्