Wednesday, March 3

मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङको प्राधिकरणमा निरन्तरताबारेमा भोलि निर्णय हुने

November 6, 2020 269

मन्त्रिपरिषद्को आज बिहीबार बोलाइएको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनु भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

 

मन्त्रिपरिषद्को बैठक बिहीबार साँझ बोलाइएको थियो । मन्त्रीहरूलाई बिहीबार साँझ बैठकमा आउन भनिएको थियो तर बिहान १० बजेतिर मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी दिइएको थियो ।मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधि|करणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि नै मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए ।

मन्त्री पुनले सार्वजनिक रूपमा घिसिङलाई नै निर’न्तरता दिइने भनिसकेका छन् । तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन ।मन्त्री निकट स्रोतका अनुसार चार वर्षका लागि फेरि प्राधि¥करणको प्रमुखमा कुलमानलाई नि’युक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय भइसकेको छैन ।

source:supportivenepal

प्रतिकृया दिनुहोस्