Thursday, November 26

दिपावलीको अवसरमा ब्लकबस्टर्ड फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक

November 8, 2020 170

काठमाडौं- यस वर्षको दिपावलीको अवसरमा अनमोल केसी र सुहाना थापा अभिनित ब्लकबस्टर्ड भएको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमा सार्वजनिक गरिएको छ । फिल्मका निर्माण टिमले युट्युब च्यानल ‘बुढा सुब्बा डिजिटल’ मार्फत आधिकारिक रुपमा फिल्म ‘ए मेरो हजुर ३’ सार्वजनिक गरेका छन् । सार्बजनिक पश्चात् फिल्मले सम्भवत रेकर्ड ब्रेक गरेको छ भन्दा फरक नपर्ला । कारण हो, फिल्म युट्युबमा अप्लोडको ९ घन्टामै ट्रेन्डिङ १ मा पुगेको थियो ।

 

सायदै यसअघि कुनै नेपाली फिल्म वा नेपाली भिडियोले यति छोटो समयमा ट्रेन्डिङको शिर्ष स्थान कब्जा गरेको थिएन । साङ्गेतिक प्रेम कथामा निर्माण भएको यो फिल्ममा अनमोल र सुहानाको केमिस्ट्री निकै गज्जबको देखिएको छ । त्यस्तै सुहानाले पनि आफ्नो पहिलो फिल्ममै तारिफ योग्य अभिनय गरेकी छिन् । हलमा जस्तै युट्युबमा पनि फिल्मले सफलता बटुलिरहेको देख्न सकिन्छ ।

कमेडी गर्नमा माहिर सलोनले यो फिल्ममा पनि दर्शकहरुलाई उत्तिकै मात्रामा हसाउने छन् । सुहाना इन्टरटेनमेन्ट ब्यानरबाट निर्मित यो फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् भने चर्चित नायिका तथा निर्देशक झरना थापाले यो फिल्मलाई निर्देशन गरेकी हुन् । हामिले यो समाचार तयार गर्दै गर्दा फिल्मलाई २ दिनमा ३६ लाख भन्दा बढीले हेरिएको छ भने झन्डै १ लाख ७६ हजारले फिल्मलाई लाईक गरेका छन् । यता सकारात्मक प्रतिक्रिया दिनेहरुको ताती ७ हजार बढी रहेका छन् ।

प्रतिकृया दिनुहोस्