Wednesday, December 2

नख्खु जेलबाट सुरुङ खनि भागेको तत्कालीन एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन

November 8, 2020 175

पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य ७० वर्षीय वीरबहादुर लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको हाे । लामाकाे दुवै मृगौलाले काम गर्न छाडेपछि विगत २ वर्षदेखि नियमित रुपमा डायलाइसिस गर्दै आइरहेका थिए ।

यसपालि निमाेनिया समेत भएपछि गत सोमबार उनलाई पाटन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नदेखिएपछि बिहीबारदेखि लामालाई भ्यान्टिलेटरमा राखेर उपचार भइरहेकाे थियो । तर आइतबार उनकाे निधन भयाे । काेराेनाकाे जस्ताे लक्षण समेत देखिए पनि चार पटक परीक्षण गर्दा पनि नेगेटिभ देखिएकाे परिवारका सदस्यले बताएका छन् । यद्यपि कोरोना महामारीका कारण समयमै मृर्गाैलाकाे डायलाइसिस गर्न समस्या भएको उनीहरूकाे भनाइ छ ।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति भएका लामा २ हजार ५६ सालमा मकवानपुर(३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०६२–०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहनु भएका लामा २ हजार ६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए ।

लामा जिविसका सभापति हुँदा काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो। जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा तत्कालिन नेकपा एमालेभित्र भएको वि वादपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताहरुले पार्टी परित्याग गरेका थिए । उनले २०३३ सालमा नख्खु जेल बि’द्रोह गरेका थिए।

नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०३३ सालमा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए ।

source:https://www.edeurali.com/

प्रतिकृया दिनुहोस्