Monday, November 30

कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को व्यावहारिक अभ्यासमा छौंः प्रम केपी शर्मा ओली

November 8, 2020 70

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबीकै कारण “कोही पनि भोकै पर्दैन, भोकले कोही मर्दैन” भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको जानकारी दिनु भएको छ । ४० औं विश्व खाद्य सुरक्षा दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्ने अभियानलाई सार्थक बनाउन सरकार लागिपरेको दाबी समेत गर्नुभएको छ ।

‘नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएकाे छ, ‘त्यसका लागि हामीले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा संवैधानिक व्यवस्था गरेका छौँ । उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ समेत जारी गरी हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारको रुपमा स्थापित गरिएको छ ।’

राज्यले लोक कल्याणकारी दायित्व निर्वाह गर्ने ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभियानलाई अघि बढाउँदा त्यसलाई सफल बनाउनु आम नागरिकको दायित्व समेत भएको उहाँले बताउनु भएकाे थियो । ‘जनताको खाद्य सुरक्षाको हक स्थापित गर्ने यस प्रयासमाथि अवरोधात्मक प्रचारबाजी भन्दा सहयोगात्मक अभियान अघि बढ्नुपर्दछ भन्ने मेरो धारणा छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ, ‘हाम्रो दिगो विकास लक्ष्यमा ‘भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने र दिगो कृषि प्रणालीको प्रवद्र्धन गर्नेछ ।’

उहाँले ‘जनताको खाद्य सुरक्षाको हक’ स्थापित गर्ने यस प्रयासमाथि अवरोधात्मक प्रचारबाजी भन्दा सहयोगात्मक अभियान अघि बढ्नुपर्नेमा जाेड दिनु भएकाे छ । ‘भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने र दीगो कृषि प्रणालीको प्रवर्द्ध गर्ने’ उल्लेख गर्दै उहाँले यसबाट निर्देशित रही कृषि विकास रणनीति, शून्य भोकमरी चुनौती एवं बहुक्षेत्रीय पोषण योजना दोस्रो लगायत क्षेत्रगत नीति र योजनाले खाद्य तथा पोषण सुरक्षा हासिल गर्न उपयुक्त रणनीति र कार्यनीतिको प्रभावकारी कार्यान्वयन हुँदै आएको समेत उहाँले बताउनु भएको छ ।

शुभकामना सन्देशमा थप भनिएकाे छ, “चालु १५औँ योजनाले खाद्य असुरक्षा तथा पोषणको जोखिममा रहेका क्षेत्र र समूहको आधारभूत खाद्य उपलब्धताको सुनिश्चितता, कृषि तथा गैरकृषिजन्य उद्यममार्फत् आयआर्जनमा सुधार गरी खाद्य पहुँचमा वृद्धि र खाद्यवस्तुको स्वच्छता अभिवृद्धिमार्फत् खाद्य सम्प्रभूता, दीगो खाद्य तथा पोषण सुरक्षासहितको समाज निर्माण गर्ने सोच समेत लिएको छ । मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको सङ्कल्प जनताको खाद्य सुरक्षाको सफलतासँग जोडिएको छ ।”

source:hungamakhabar

प्रतिकृया दिनुहोस्