Sunday, November 29

खुसीको खबर: प्रहरीको विभिन्‍न पदमा गरि ३६० जनालाई जागिर खुल्यो

November 8, 2020 115

काठमाडौं । नेपाल प्रहरीको ‘प्रहरी कार्यालय सहयोगी’मा भर्ना खुलेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर भर्ना खुलाएको हो । जसअन्तरगत विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि भर्ना खुलेको हो ।

२ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइरबुनाइतर्फ, ५० जना कुचिकार, ९ जना मालीरबगैंचे र १५ जना खेलाडीका लागि जागिर खुलेको हो । मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय दिइएको छ ।

खेलाडीबाहेक अन्यले ७७ जिल्ला प्रहरी कार्यालयबाटै दरखास्त दिन सकिने बताइएको छ । खेलाडीले भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मात्रै दरखास्त दिन पाउनेछन् । दरखास्तका लागि एक सय रूपैयाँ राजश्व लाग्‍नेछ । १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाका साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने छन् ।

 

प्रतिकृया दिनुहोस्