Saturday, December 5

भाइटीका र (म्ह) पूजाको उत्तम साईत साइत सार्वजनिक, कति बजे हो त ? थाहा पाउनुहोस

November 8, 2020 249

नेपाल पञ्चाङ्ग निर्णायक समि’तिले यस वर्षको भाइ टीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्ने’का लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहू’र्तको शुभ साइत दिइएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउ’नुपर्ने र सर्व’साधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले रासस’लाई जानकारी दिए ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनते’रस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक २९ गते बिहान नरक स्नान सहित कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्र सम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मी’पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आइतवार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भए’काले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जन:कार, कीर्ति’किरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन्।

भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जना’एको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअ’नुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए। यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ ।

शास्त्रीय विधिअनुसार भाइ पूजा वा किजा पूजा पनि मङ्सिर १ गते नै मनाइन्छ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्न कालमा नै भाइटीका लगाइन्छ ।

यसैले मङ्सिर १ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही समूहले भने मङ्सिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए ।

मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नर’हको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बु’झाउने अध्यक्ष गौतमको भनाइ छ ।

भाइटीका भनिए पनि ज्येष्ठको क्रमा’नुसार नै टीका’टाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म य’मपञ्चक मनाइन्छ । ति:हारमा कार्तिक कृष्ण त्रयोदशीको साँझ’देखि कार्तिक शुक्ल द्वितीयाको साँझस’म्म यमदीप दान गरिन्छ ।

यमदीप दान परिवा’रको सङ्ख्याका आधा’रमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयात’नाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । काग र कुकुरलाई पनि यमदूतका रुपमा मीठा परिकार खान दिएर खुशी बनाउने वैदिक परम्परा छ जस’बाट यमलो’कमा सहयोग हुने विश्वास गरिन्छ । रासस

 

प्रतिकृया दिनुहोस्