Thursday, November 26

कुलमान घिसिङको ठाउमा सरकारले हितेन्द्रदेव शाक्यलाई ल्याउने तयारी

November 8, 2020 119

काठमाडौं -नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएर विदा भएपछि रिक्त पदको लागि हितेन्द्रदेव शाक्यलाई ल्याउने सरकारको तयारी रहेको जनाएको छ । प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता लाइएको छ ।

शाक्यले आफू वरिष्ठताको आधारमा कार्यकारी दिर्नेशक हुनु पर्नेमा अझै हुन नसकेको बताएका छन् । कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद्ले चाडै गर्छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई फेरि नियुक्तिका लागि कानुनले नदिने भनेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दियको थियो । अब निमित्तको जिम्मेवारी पनि शाक्यले पाउने प्राधिकरण स्रोतले जनाएको छ ।

source:tajakhabarnepal

प्रतिकृया दिनुहोस्