Monday, November 30

अमेरिकाको इतिहासमा पहिलो पटक बनेकी महिला उपराष्ट्रपति कमला को हुन?

November 9, 2020 546

संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी भएका छन र
उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय भएकी छिन।

जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मुलककि लककी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो।

उनीहरुकी जेठी छोरीका रुपमा कमलाको जन्म भएको थियो । बिहे गरेको केही वर्षमा कमलाका बावु र आमाको सम्बन्ध विच्छेद भएको थियो।

पितासँग अलग भएपछि कमला र उनकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किएका थिए।

हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गरेकी थिइन।

पच्पन्न वर्षीया कमला ह्यारिसले शुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताएकी थिइन। तर उनी गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन।

क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय हुन।

उनकी आमा भारतमा जन्मिएकाले र पिता जमैकामा जन्मेकाले उनलाइ अमेरिकाका लागि अस्वेत तथा अफ्रो एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरिरहेका छन् ।

उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन। उनले सधैँ आफूलाई आफूलाई “एक अमेरिकी“ भन्ने गर्थिन।

भारतीय– जमैकन मूलकी उनी क्यालिफोर्नियाकी सांसद थिइन्। र कुनैबेला त उनले राष्ट्रपतिकै उम्मेदवारका लागि जो बाइडेनलाई समेत चुनौती दिएको चर्चा पनि व्यापक भएको थियो।

पछि उनी राष्ट्रपतिको उम्मेदवारको दाबीबाट पछि हटेपछि पनि उनको नाम चर्चामा नै रहेको थियो।

ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भइसकेकी थिइन । उनले केही समयमात्र अघि अमेरिकामा देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राखेकी थिइन।

त्यस क्रममा पनि उनी चर्चामा आएकी थिइन। उनले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान समेत गरेकी थिइन। कमला ह्यारिसकी आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला हुन।

श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले उनकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गरेकी छन।

 

केही समयअघि अमेरिकाका एकजना अस्वेत नागरिकलाई प्रहरीले गरेको दुव्र्यवहारका कारण अमेरिकाभर भएको आन्दोलनमा पनि कमलाले ट्रम्प प्रशासनको विरुद्धमा र अमेरिकी अस्वेत नागरिकको पक्षमा लागेर काम गरेकी थिइन।

 

source:https:www.dainikonline.com

प्रतिकृया दिनुहोस्