November 9, 2020 739
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य दर निरन्तर बडदो अबस्तामा छ । आज सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विवाहको लगन रहेको महिना मंसिर नजिकिएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्