Friday, December 3

प्रियंका र निकले किने नयाँ घर

September 15, 2021 225

नायिका प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो फिल्मी करियरमा एउटा ठूलो सफलता हासिल गरेकी छिन् ।

फिल्मबाहेक पनि उनले सामाजिक कार्य र लेखनको क्षेत्रमा आफ्नो छुट्टै स्थान स्थापित गरेकी छिन् ।उनी आफ्नो लुक्स र स्टाइलिश अन्दाजले सबैको मन जित्दै चर्चाको केन्द्रसमेत बन्दछिन् ।

यो जोडीको तस्बिर सार्वजनिक हुने बित्तिकै इन्टरनेटमा सबैतिर छाउने गर्दछ ।

हालै प्रियंका र निकले लस एन्जेलिसमा २००० स्क्वायर फुटमा घर किनेका छन् । उक्त घर निकै नै सुन्दर देखिएको छ ।

भारतिय मिडियाका अनुसार यसको मूल्य झण्डै दुई सय करोड रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्