Saturday, October 23

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

September 19, 2021 134

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सूनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेको हो ।मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रही तोलाको १२ सय रुपैयामा कारोबार भइरहेको छ।

उपत्यकाबाट दशैँको लागि बाहिरिनेहरुलाई आयो यस्तो खबर

आसोज १० गते बाट दशैँको लागि उपत्यका बाट बाहिरिनेहरुलाई अग्रिम टिकटको व्यवस्था गरिएको छ । बिभिन्न कामको शिलशिलामा रहेको उपत्यका बाहिरकाहरुलाई अग्रिम टिकटको लागि १० गते बाट खुलाईने व्यवस्था गरेको हो ।

यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी सकारात्मक देखिएका थिएनन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले ‘प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरिरहेको बताए छ । भाडा नबढेसम्म हामीले बुकिङ खुल्ला नगर्ने अडान लिएका थियौं । यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै हामीले बुकिङ खुल्ला गर्ने निर्णय गरेका छौं,’ नेपालले भने । प्रदेश सरकारले बढेको भाडा कार्यान्वयन गर्न ढिलाइ गरे पनि दसैंमा २८ प्रतिशत भाडा बढाएर लिन पाउनु पर्ने माग आफूहरूले राखेको उनले बताए ।

त्यस्तै पुरानो बसपार्कबाट अरनिको राजमार्ग हुँदै चल्ने सवारीका लागि बसपार्क नहुँदा दसैंको समयमा निकै ठूलो समस्या पर्ने उनले गुनासो गरे।

‘पुरानो बसपार्कबाट छोटो तथा मध्यम दूरीका १० जिल्लाका लागि बस छुट्छन्। तर बसपार्कमा महानगरपालिकाले रोक्न दिएको छैन । कोटेश्वर सडकमा बस पार्किङ गर्दा सडक नै अस्तव्यस्त बन्ने गरेको छ,’ उनले भने ।

 

प्रतिकृया दिनुहोस्