अहिलेको व्यस्त जीवनमा कम्प्युटरबाट मोबाइलबाट गर्ने कामको कारण धेरै मानिसको सानो उमेरमा नै आँखा कमजोर हुन्छ। यस्तोमा हामी चस्मा लगाउनुका साथै बिभीन्न उपचार गर्न बाध्य हुन्छौं। आज हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा बताउँछौ, जसको सेवनले तपाईंको आँखा सम्बन्धि समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ …
यस्तो छ ६ उपायहरु…
1) गाँजरको जुस
गाजरको जुस पिउनु स्वास्थ्यको लागि त निकै लाभदायक छ नै, साथमा यो आँखाको चमक बढाउनको लागि पनि फाइदाजनक हुन्छ। दैनिक एक रूपमा एक गिलास गाजरको जुस पिउनाले आँखा सम्बन्धि विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ।
2) बदामको दुध
आँखाको दृष्टि सुधार गर्नको लागि हप्तामा कम्तीमा पनि तीन दिन बदाम मिलाएको दुध पिउनुहोस्। बदाम वाला दुधमा भिटामिन ई पाइन्छ, जसले आँखामा हुने कुनै पनि रोगसँग लड्न मद्दत गर्छ।
3) अण्डा
अण्डामा एमिनो एसिड, प्रोटिन, सल्फर, ल्याक्टिन, ल्युटेन, सिस्टिन र भिटामिन बी २ पाइन्छ। अण्डाले भिटामिन बी सेलको कार्य पूरा गर्दछ।
4) हरियो तरकारी
तपाईंको दैनिकी आहारमा हरियो पातदार तरकारीहरू समावेश गर्नुहोस्। किनकि यस्ता तरकारीहरूमा आइरन भरपूर मात्रामा पाइन्छ, जुन आँखाको चमकको लागि सबैभन्दा महत्त्वपूर्ण हो।
5) सोयाबीन/भटमास
यदि तपाईं शाकाहारी हुनुहुन्छ भने तपाईं भटमास खान सक्नुहुन्छ, यो तपाईंको आँखाका लागि धेरै फाइदाजनक हुन्छ।
6) माछा
माछामा उच्च प्रोटीन पाइन्छ जुन आँखाको प्रकाशको लागि उत्तम मानिन्छ।
प्रतिकृया दिनुहोस्