November 10, 2020 344
नेपाली चलचित्र नगरीको मशुर अभिनेत्री झरना थापाले पनि सरकारलाई कर नबुझाएको पाइएको छ । आन्तरिक राजश्व विभागले कर नबुझाउनेहरुको सूचीमा अभिनेत्री झरना थापाको “सुहानी फिल्मस्” को पनि नाम सार्वजनिक गरेको छ ।
सुहानी फिल्मस्ले बुझाउने पर्ने मूल्य अभिवृत्ति कर (भ्याट) नबुझाएको पाइएको हो । लामो समयदेखि कर नबुझाउने २९ हजार भन्दा बढी उद्यमी, व्यवसायीको नाम सार्वजनिक गर्दा अभिनेत्री थापाको” सुहानी फिल्मस्” पनि परेको हो ।
लाजिम्पाट ३ काठमाडौं कार्यालय रहेको सुहानी फिल्मस् प्रा.लिले २०५८ सालदेखि यता सरकारलाई कुनै कर नतिरेको सूचीमा उल्लेख गरिएको छ । नेपाली चलचित्र क्षेत्रबाट कर नबुझाउनेहरुमा अरु कलाकार तथा चलचित्रकर्मीहरुको नाम पनि रहेको छ ।
प्रतिकृया दिनुहोस्