Friday, December 3

१७ नेपाली हिरोइनको रियल जोडी: कसको श्रीमान के गर्छन् ?

September 30, 2021 191

एक महिला र एक पुरुष लगनगाँठो कसेपछि सात जन्मसम्म साथ नछाेडिने मान्यतामा रहेर जोडिने सम्बन्ध नै बिवाह हो ।

नेपाली नायिकाहरुको लगनगाँठो केहीको फिल्म क्षेत्रका र केहीको फिल्म क्षेत्रबाहिरका व्यक्तिसँग विवाह भएकाे हामिले देखेका छाैँ ।नेपाली चलचित्र क्षेत्रमा केहि त्यस्ता नायिकाहरू छन् जसले विवाह पश्चात् सिने क्षेत्रबाटै पलायन भए तर केहीले मात्र यस क्षेत्रलाई निरन्तरता अघि बढे ।

धेरै बिवाहित जाेडीमा कयौं सम्बन्ध लामो समय टिक्न नसकेपछि सम्बन्धविच्छेदसम्म भइरहेकाे हामिले हाम्रै समाजमा देखेका छाैँ । त्यस्तै सिने क्षेत्रकै व्यक्तिसँग लगनगाँठो कस्ने नेपाली नायिकाहरूमध्ये केहीले विवाहित पुरुष रोजेका छन् ।

विपना थापा

विपना थापा उनले भारतीय नागरिकसँग विवाह गरेकी हुन् । उनको श्रीमान् आशुतोष भारद्वाजको पेशा भने सिनेमा पनि बनाएका थिए । उनीहरूकाे एक छोरा छन् । विवाहपश्चात् उनी पूर्णतया हाउसवाइफ नै छिन् ।

झरना थापा

नायिका झरना थापाकाे चर्चा अहिले पनि त्यतिकै छ । लामो समयको अफेयरपछि उनले निर्माता सुनीलकुमार थापासँग विवाह गरेकी हुन् । हालै उनी निर्माण काममा ब्यस्त छिन् ।

करिश्मा मानन्धर

नायिका करिश्मा मानन्धरले कलाकार एवं निर्माता विनोद मानन्धरसँग विवाह गरेकी छन् । उनीहरूबीच पहिलोपटक नेपाली चलचित्र कस्तुरीको सुटिङको क्रममा भेटघाट भएको थियो । उनीहरूबाट एक छोरी छन् ।

शोभिता सिम्खडा

नायिका शोभिता सिम्खडाले कतार बस्ने नेपाली विजनेश म्यान निराजन भण्डारीसँग बिहे गरेकी थिइन् । उनीहरूबीचमा नमस्ते कलिउड कार्यक्रममा भेट भएपछि अफेयर चल्याे । उनीहरूले विवाह गरेर विवाह खर्च गर्न बचेको रकम गरिब बालबालिकाका लागि सहयोग गरेका थिए ।

युना उपे्रती

नायिका युना उपे्रतीले अमेरिकामा बस्ने नेपाली विकास अधिकारीसँग बिहे गरेकी थिइन् । उनका आफन्त नायिका जल शाहले विकाससँग भेटाएकी थिइन् । हाल युना र विकास अमेरिकामा बस्दै आएका छन् । उनी अहिले चलचित्र क्षेत्रबाट निकै टाढा छिन् ।

सञ्चिता लुइँटेल

माया त माया हो चलचित्रको सुटिङको क्रममा निखिल उपे्रतीसँग नजिकिन पुगिन् । निखिल यसअघि नै विवाहित थिए । तैपनि उनी सञ्चिताको मायामा भुल्न पुगे । निखिल यतिबेला कान्छी श्रीमती सञ्चितासँगै छन् भने उनकी पहिलो श्रीमती कोपीला छुट्टै छन् ।

प्रियंका कार्की

प्रियकांले अमेरिकामा अध्ययनको क्रममै अर्थात् २२ वर्षको उमेरमै रोचक मैनालीसँग लगनगाँठो कसेकी थिइन् । तर अहिले रोचकसँग सम्बन्ध विच्छेद गरिसकेकी छिन् भने अहिले उनले अायुष्मान जोशीसँग बिवाह गरिसकेकी छन् ।

सारंगा श्रेष्ठ

नेपाली नायिका सारंगा श्रेष्ठले अमेरिकन नागरिकसँग विवाह गरेकी थिइन् । उनीसँग केही समय विताएपछि उनको सम्बन्ध बिच्छेद भएकाे थियाे । उनले त्यसपछि नेपाली जीवनसाथी रोजिसकेकी छन् ।

मेलिना मानन्धर

नायिका मेलिना मानन्धरको सुटिङका क्रममा मुकेस दाहालसँग भेट भयो । उनीहरूबीचको अफेयरपश्चात् विवाह गरे । हाल उनीहरूको छोरी छन् ।

रेखा थापा

नायिका रेखा थापाको विवाह निर्माता छवि ओझासँग भएको थियो । तर हाल उनीहरूको सम्बन्ध विच्छेद भइसकेको छ । रेखाले त्यसपछि बिवाह गरेकी छैनन् ।

ऋचा घिमिरे

ऋचा घिमिरेले पनि चलचित्र क्षेत्रकै व्यक्तिसँग विवाह गरेकी छन् । उनका श्रीमान् निर्देशक शंकर घिमिरे हुन् ।। यी दुईले एउटै थर भएर पनि विवाह गरेको प्रसँगले कुनै बेला नेपाली सिने क्षेत्रमा निकै चर्चा पाएको थियो । तर उनीहरूले छुट्टै गोत्र भएको दाबि गरेका छन ।

झरना बज्राचार्य

झरना वज्राचार्यले मलेसियन विजनेशम्यान भारतीय मुलका राहुल अग्रवालसँग विवाह गरेकी थिइन् । उनले पनि फिल्मी क्षेत्रबाहिरका व्यक्तिसँग विवाह गरेकी हुन् ।

हर्षिका श्रेष्ठ

हर्षिका श्रेष्ठले पनि भारतीय बिजनेसम्यान प्रसुन झुन्झुनवालासँग विवाह गरेकी थिइन्। उनको श्रीमानको अटो विजनेस छ ।

सौजन्य सुब्वा

सौजन्य सुव्वाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्दसँग विवाह गरेकी थिइन् । भुपेन बिवाहित नै भएका कारण उनीहरूको लामो समय सम्बन्ध टिक्न सकेन । सौजन्यले हाल भुपेन चन्दसँग सम्बन्ध बिच्छेद गरिसकेकी छन् ।

बर्षा राउत-

बर्षाले नायक तथा ब्यवासायी संजोग कोइरालासँग बिवाह गरेकी छन् ।

दिपिका प्रसाइ

नायिका दिपिका प्रसाइले निर्देशक दिवाकर भट्टराइलाइ रोजेकी छन् ।

श्वेता खड्का

नायिका श्वेता खड्काले ब्यवासायी बिजयेन्द्र रावतसँग दोस्रो बिहे गरेकी छन् ।

प्रतिकृया दिनुहोस्