Saturday, December 5

२८ वटा मोडलको मोटरसाइकल रोयल इन्फिल्डले एक साथ बजारमा ल्याउँदै

November 10, 2020 176

भारतमा रोयल इन्फिल्डले मिटियोर ३५० सार्वजनिक गरेसँगै ठूलो घोषणा गरेको छ।


कम्पनीले लगातार २८ वटा मोडलको मोटरसाइकल बजारमा ल्याउने घोषणा गरेको भारतीय संचार माध्यम जी बिजले जनाएको छ।

कम्पनीले प्रत्येक ४ महिनामा एउटा मोडल सार्वजनिक गर्नेछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाउन नयाँ–नयाँ मोडल सार्वजनिक गर्न लागिएको कम्पनीका सिइओ विनोद दुसारीले बताए।

केही दिनअघि रोयल इन्फिल्डले मेटियोर ३५० सार्वजनिक गरेर थन्डरबर्ड ३५० लाई रिप्लेस गरेको थियो।


यो फायरबल, स्टेलर र सुपरनोभा गरी ३ वटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले भारतमा फायरबलको मूल्य १ लाख ७५ हजार ८ सय २५ रुपैयाँ, स्टेलर भेरिएन्टको १ लाख ८१ हजार ३ सय ४२ र सुपरनोभाको १ लाख ९० हजार ५ सय ३६ निर्धारण गरेको छ।

यो पहेँलो कालो र रातो गरी ३ वटा रङ्गमा आउने छ। यसैगरी १५ भन्दा धेरै फ्यूल ट्याङ्क कलर अप्सनमा उपलब्ध छ।

‘मिटियोर ३५०’ मा बिएस६, ३४९ सिसी एयर कुल्ड सिङ्गल सिलिन्डर इन्जिन जडान गरिएको छ। यसले २०.५ एचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिड गियर बक्स दिइएको छ।

मिटियोर ३५० मा रोयल इन्फिल्डले पहिलो पटक ‘स्मार्ट कनेक्टिभिटी’ फिचर्स प्रयोग गरेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।

यसको मद्दतले रोयल इन्फिल्ड एपसगँ कनेक्ट गरेर कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ। यसमा ओड मिटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डर लगायतका फिचर्स पनि दिइएको छ।

मिटियोर ३५० डुअल च्यानल एबिएस, एलइडी डिआरएल वाला सर्कुलर हेलोजिन हेडल्याम्प, एलइडी टेल ल्याम्प लगायतका फिचर्स दिएइको छ।

source:setopati

प्रतिकृया दिनुहोस्