नेकपा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले व्यंग्यात्मक स्टाटस पाेष्ट गरेका छन् । आज बिहान फेसबुकमा स्टाटस राख्दै बाँस्कोटाले ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागेको तर, पनि प्रतिक्षा गरिरहेको बताएका हुन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गर्दै फेसबुकमा लेखेका छन- ‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नुपरो अब ।
दुई पार्टिबिचको अन्तरद्दन्दले नया मुकाम लिईरहेको बेला गोकुलको यस्तो ब्याङ्गेले अझ पार्टिबिचको भावनामा ठेस पुग्ने कुरोलाई कसैले दुईमत नदेला ।
प्रतिकृया दिनुहोस्