काठमाडौं, कात्तिक ७ – दसैंको उल्लास सकिन नपाउँदै साँगुरीगढी गाउँपालिका-१० आहालेस्थित चिराङ चोकका झगेन्द्र राईको परिवार शोकमा डुबेको छ । गाउँमा दसैं मनाउन आएका झगेन्द्र सधैंका लागि बिदा भए ।
श्रीमानको मृत्युको पीडा सहन नसक्दा रुदारुँदै उनकी श्रीमती अनुले पनि संसार छोडिन् । दसैं बिदा हुन नपाउँदै एकपछि अर्को परिवारका सदस्यलाई सधैंका लागि बिदा गर्नुपर्दा परिवारमा बज्रपात परेको छ ।
धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १० आहाले नेपाली कांग्रेसका सभापति झगेन्द्र राई कार्तिक २ गते आहालेबाट धरानतर्फ आउँदै गरेको बेला बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा कार्तिक ३ गते साँझ बैरे खोलाले बगाएर मृत अवस्थामा फेला परेका थिए।
फेला परेका राईको लाश धरानस्थित वि पि कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरी धरानको हरीयाली जंगलमा नेपाली काङग्रेस धनकुटाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गरी अन्त्येष्टी गरेका छन्।
तर त्यो खबर पाउनासाथ श्रीमतीको पनि निधन भएको छ । उनलाई हार्ट अट्याक भएको हो । राई नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गत महिना वडा अधिवेशनको क्रममा सागुरीगढी वडा नं १० बाट कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका थिए।
श्रीमानको निधनको पीडा सहन नसकी उनकी धर्मपत्नी अनु राईको समेत रुँदारुँदै ह्रदयघात भई निधन भएकोले श्रीमान श्रीमतीको एकै साथ अन्त्यष्टी गरिएको धनकुटा कांग्रेसले जनाएको छ।
प्रतिकृया दिनुहोस्