Friday, December 3

ह्वात्तै बढ्यो खाना पकाउने ग्यासको मूल्य, प्रतिसिलिन्डर कति ?

November 2, 2021 157

नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ । विद्युत अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ ।

अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ । प्रणालीमा झन्डै दुई हजार मेगावाट बिजुली उपलब्ध भएका सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले विदेशी ग्यास छाड्ने र स्वदेशी बिजुली उपभोग गर्ने योजना अगाडि सारेकी छन् ।

नेपाल आयल निगमको विवरण अनुसार झण्डै रु ४० अर्ब बराबरको खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ । शुक्रबार त निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेर प्रतिसिलिन्डर रु एक हजार ५०० पु¥याएको छ ।

अझै पनि ग्यासमा प्रतिसिलिन्डर ४६१ रुपियाँ २२ पैसा घाटा रहेको निगमका सहायक प्रवक्ता पुष्कर कार्कीको भनाइ छध्रयही विषम अवस्थालाई ध्यान दिएर सरकारले खान पकाउनका लागि विद्युतीय चुलोको बढावा दिन यस पटक बिजुलीको महसुलमा रणनीतिक परिवर्तन गरेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार सरकारको नीति तथा कार्यक्रम र योजनाअनुसार नै आयोगले विद्युतीय चुलोको प्रयोग बढोस् भन्ने ध्येयका साथ महसुलमा छुट दिइएको हो ।

त्यस्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न एमालेको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले माग गरेको छ । अनेरास्ववियु अध्यक्षमा सुनिता बरालले जारी गरेको विज्ञप्तिमा तत्काल बढेको मूल्य फिर्ता गर्न माग गरिएको हो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि नरोकिएमा आन्दोलन गर्ने अनेरास्ववियुको चेतावनी छ ।पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका कारण नेपाली जनताको जनजीवन प्रभावित भएको अनेरास्ववियुको ठहर छ ।

जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष गाँसिएका वस्तुहरू प्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदममा लागेको अनेरास्ववियुको आरोप छ ।

 

प्रतिकृया दिनुहोस्