मृगौला हाम्रो शरीरको महत्वपूर्ण अंग मध्ये एक हो । जसले एक दिनमा लगभग १९० लिटर रगतको प्रोसेस गर्ने काम गर्दछ । साथै शरीरमा भएको विषाक्त पदार्थलाइ बाहिर निकाल्छ ।
मृगौलाले हाम्रो शरीरमा भएको बैक्टीरिया, नुनका साथै रगतको फिल्टर गर्दछ । मृगौलाले कोशिकाद्धारा उत्पादित एसिडको शरीरबाट बाहिर निकाल्छ । ताकि शरीरमा पानी, नुन ,वा खनिजको एक स्वस्थ सन्तुलन बनाउँछ । यस्ता छन् मृगौला सफा राख्ने उपायहरु :
१-अदुवा खाने (अदुवामा आयरन ,कैल्शियम ,आयोडिन, भिटामिन वा क्लोरीन पाइन्छ जसले मृगौलामा जम्मा भएको बिषाक्त पदार्थ बाहिर निकाल्छ)
२-धनिया खाने (धनियामा मैगनीज, आयरन, मैग्रिशियम, भिटामिन सी, के तथा प्रोटिन पाइन्छ । यसमा थोरै मात्रामा क्यालसियम,फाेस्फाेरस पोटासियम तथा थायमिन हुन्छ । जसले मृगौलालाइ सफा गर्छ )
३-दही खाने ( यसमा प्रोबायोटिक बैक्टीरिया हुन्छ । जसले मृगौला सफा गर्दछ)
४-अंगूर खाने – (अंगूरमा भिटामिन सी ,ए ,तथा भिटामिन बी ६पाइन्छ । यसको सेवनले मृगौलामा भएको सबै विषाक्त तत्व बाहिर निकाल्छ)
५-रातो खुर्सानी खाने – (खुर्सानीमा भिटामिन ए,सी ,फोलिक एसिडका साथै पोटासियम पाइन्छ जसले मृगौलाको सफा राख्न मद्धत गर्दछ)
६-निबुवा खाने- (निबुवामा भिटामिन सी हुन्छ । जसले शरीरको विषाक्त पदार्थ निकाल्न सहयोग गर्दछ । त्यसैले एक गिलास पानीमा निबुवाको रस मिसाएर पिउने )
प्रतिकृया दिनुहोस्