Monday, January 17

रमेश प्रसाई र नन्दा शाहीलाइ पुत्री लाभ

November 30, 2021 135

काठमाडौं, पब्लिक स्पीकर नेपाल २ बिजेता एवम् गायक तथा प्रखर वक्ता एवम् अहिले Galaxy4K बाट लाल मोहर जस्तो चर्चित कार्यक्रम चलाईरहनु भएका आदरणीय रमेश प्रसाईं सर र उहाँकी धर्मपत्नी नन्दा लाई यत्ती राम्री पुत्री लाभ भएको छ । उहाँहरु दुबै जनाको दृष्टि बनेर आएकी गुडियालाई जन्मदिनको शुभकामना सहित आमाबाबा बन्नु भएकोमा हाम्रो हार्दिक बधाई तथा सुभकामना ।

रमेश प्रसाईं र सामाजसेवी नन्दा सिंहलाई आज बिहान पूत्री लाभ भएको छ । अघिल्लो वर्ष विवाह बन्धनमा बाँधिएका प्रसाईं र नन्दा सिंहलाई आज काठमाडौंको एक अस्पतालमा पूत्री लाभ भएको हो । कलाकार दिपाश्री निरौला आज बिहान अस्पताल पुगेर बधाई दिंदै फोटोहरु पोष्ट गरेकी छिन् । रमेश प्रसाईंले धरानमा बसेर आफ्नो पत्रकारिता अघि बढाई रहेका थिए भने नन्दा सिंह काठमाडौंमा सामाजिक संस्था चलाईरहेकी थिईन । यी दुईको प्रेम विवाह भएको हो । विवाह पश्चात रमेश प्रसाईं काठमाडौं बस्न थालेका हुन् ।

रमेशमा भएको धारावाहिक प्रवचन गर्न सक्ने कलाले सबैलाई आकर्षित गर्दै आएका छन् । उनी सामाजिक विषयदेखि राजनीति तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आएका विषयहरुमा सटिक टिप्पणी गर्छन् ।शारीरिक अपाङ्गता भएका उनले सामाजिक संजालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्छन् । उनले सामाजिक संजालमा कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफू भित्रको कुण्ठा बाहिर आउने बताउँछन्

प्रतिकृया दिनुहोस्