Thursday, November 26

“अमेरिकाको मेरील्याण्डमा नेपाली माथि सॅाघातिक हमला” ( भीडियो हेर्नुस )”

November 11, 2020 3923

 

“मेरील्याण्डमा एक नेपाली माथि सॅाघातिक हमला भएको छ । र पीडितलाई अस्पताल भर्ना गरिएको छ भने स्वास्थमा सुधार आएको उहाका नजिकका आफन्तहरुले जनाएका छन ।”

गत बिहिबार अर्थात् नोभेम्बर ५ का दिन बेलुका करिब ७:१५ बजेतिर काम सकेर पैदल घर फर्कने क्रममा अचानक अज्ञात समुहको आक्रमणमा परि घाइते हुनु भएका तिर्थ सेवा अहिले मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी अस्पतालको सघन कक्षमा उपचार गराई रहेका छन ।

आक्रमणकारीले तीर्थको टाउकोमा धारिलो हतियारको प्रहार गरेका थिए । आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेकाले अस्पताल पुर्याउने बित्तिकै टाउकोको सल्यक्रिया गरिएको थियो।

अस्पतालको अनुसार तुरुन्त शल्यक्रिया गरिएकोले अहिले तीर्थ सेवा खतरामुक्त रहेका छन ।

तर अस्पताल ल्याई पुर्याउनु अगाडिनै धेरै रगत बगेकोले उन्को दायाँ हात अझै चलेको छैन। टाउकोमा ३० भन्दा बढी टाँका लगाइएको छ। अहिले उन्को अवस्था खतरामुक्त त छ तर सामान्य अबस्थामा पुग्न निकै समय लाग्न सक्ने बताएको छ।

घटना मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी अन्तर्गत टेम्पल हिल सिटी(शहर)मी भएको हो।

उनि नजिकैको बिशाल बजार (मल)एक कपडा पसलमा काम गर्ने कर्मचारी हुन । प्राप्त जानकारी अनुसार आक्रमण किन र कसले गर्यो भन्ने अझै खुलेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

तिर्थ सेवाको साथमै घर फर्किरहेको बंगाली मुलको साथीका अनुसार हिडिरहेको बेला अचानक दुइ गाडी नजिक आएर रोकिएको थियो।

त्यसलाई बेवास्ता गर्दै आफ्नै सुरमा हिडिरहनु भएको थियो पुन एउटा गाडी अलि अगाडी आएर रोकियो अनि एकजना व्यक्ति गाडीबाट बाहिर निस्कियो र उनीहरु हिनिरहेको ठाउँमा आइपुग्यो, यहीको रेसिडेनस होला भनेर बेवास्ता गरियो।

अचानक गोजीबाट केहि कुरा निकाल्यो र एक्कासी टाउकोमा प्रहार गर्यो। दुइ तीनपटक हान्ने बित्तिकै तिर्थ सेवा बाटोमै ढल्नु भयो म भागे। भागेर अलि पर पुगेर हेर्दा तिर्थ ढलेर सडक पेटीमा छटपटाइ रहेको साथीले बताए ।

आक्रमण गर्ने व्यक्ति नजिकै रोकिरहेको गाडीमा चढेर गयो।

मैले प्रहरीलाई बोलाए पछि गरे करिब ५-७ मिनेटपछि प्रहरी पुलिस र एम्बुलेन्स आयो। म तिर्थ भएको ठाउमा पुग्दा अलिअलि होसमा हुनुहुन्थ्यो र धेरै रगत बगेको थियो बाटोमा उन्ले भने ।

“त्यसपछि प्रहरीले तीर्थलाई अस्पताल पठायो। अहिले उन्को अवस्था सुधारोन्मुख छ।”सामान्य बोलचाल गर्न सक्ने तर निको भै पुरानै अबस्थामा फर्कन कति समय लाग्न केहि भन्न नसक्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।”

२०१५ देखि अमेरिका बस्दै आउनु भएको सेवाको परिवार नेपालमै छन्। ;;;;;भीडियो तलको लिंकमा राखियको छ ;;;;;

 

source: enepalese.com

प्रतिकृया दिनुहोस्