Thursday, November 26

विप्लवको अन्तर्वार्ताको क्रममा पुर्व-माओवादीहरु निकै भावुक र उत्साहित

November 11, 2020 352

बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले पुर्व माओवादी योद्धाहरुलाइ स्मरण गर्दै निकै भावुक र बिचारोतेजक भनाइ सार्वजनिक गरेका छन । युद्ध मोर्चासंगै भएका साथी सहयोद्धाले क्रान्तिलाइ निकै प्रेमका साथ बुझ्ने भएकोले इमानदार क्रान्तिकारीहरुबाट घात र बेइमानी हुन नसक्ने बताएका छन ।

हिजो सगै लडेका सबै इमानदार माओवादीहरुलाइ सम्झदै उनले तत्कालीन मुल नेतृत्वले गलत कदम चालेपछि क’मरेडहरूको ठूलै संख्या त्यहाँ पुगेको बताएका छन । उनले त्यहा भएका सबै योद्धाहरु हिजैदेखि खराब नभएको तर्क पेश गरेका छन । विप्लवले थप्छन ‘हामी सबै अग्निपथमा हिँडेकै कमरेडहरू त हौं। सबैको ज्यान ब’मगोलाभित्रै त थियो। हामी हिमालको हिउँमा पुरिँदा, हिउँद—बर्खाका नदीमा बग्दा, दर्जनौं कमरेडहरूलाई एउटै खाल्डोमा दफनाउँदा, मोर्चामा रग’त र आँसु पुछ्दै देखेका सपना त एउटै त थिए।’

धेरै लामो समय देखी पार्टी बाहेकका मिडिया अंतरवार्ता नदिएका विप्लवले पछिल्लो समय दिएको अंतरवार्ताले निरास बनेर बसेका जनयुद्ध कालिन माओवादी र राजनीतिक रुपमा निरास तिर जादै गरेको ठुलो पंक्तिमा आशा जागृत गरेको एक पुर्व माओवादी लडाकु प्रबिन ले बताएका छन ।

सत्तारुढ दल नेकपा निकट एक बिद्यार्थी नेताले आफ्नो नाम नलेखिदिने सर्तमा विप्लवको अंतरवार्ताले बाहिर रहेका पुर्व माओवादीहरुलाइ एक पटक सोच्न बाध्य बनाउने धारणा व्यक्त गरेका छन ।

सरकारले गत फागुन २८ गते उनको पार्टीलाई प्रतिबन्ध मात्रै लगाएको छैन, उनको पार्टीलाई प्रत्यक्ष/परोक्ष साथ र सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने बताउँदै आएको छ। कुनै समय उनीसँगै एउटै मोर्चामा रहेका नेताहरू अहिले सरकारमा छन । यस्तो बेला उनको पार्टीको योजना, सरकारसँगको वार्ताको सम्भावनालगायतका विषयमा केन्द्रित रहेर अन्नपूर्णका लागी रामकृष्ण अधिकारी सगको कुराकानी यस्तो धारणा राखेका हुन ।
तपाईंहरूले ल’ड्न खोजेको सत्तामा त आफ्नै पूर्वकमरेडहरू पुगेका छन्, के यो प्रतिकूलता लाग्दैन ?

यहाँनेर अलिकति भावनातिर गएर भनौं भने हेर्नुस्, यो हाम्रा लागि प्रतिकूलतासगै अनुकूलता पनि त हो। नेतृत्वले गलत कदम चालेपछि कमरेडहरूको ठूलै संख्या त्यहाँ पुगेको छ। तर यी साथीहरू पनि त हिजैदेखि खराब थिए भन्ने होइन नि। हामी सबै अग्निपथमा हिँडेकै कमरेडहरू त हौं। सबैको ज्यान बमगोला भित्रै त थियो । हामी हिमालको हिउँमा पुरिँदा, हिउँद—बर्खाका नदीमा बग्दा, दर्जनौं कमरेडहरूलाई एउटै खाल्डोमा दफनाउँदा, मोर्चामा रगत र आँसु पुछ्दै देखेका सपना त एउटै त थिए।

हामीले मुक्ति र बलिदानभन्दा अरू के देखेका थियौं र ? एकदमै मिल्ने र काँध जोडेर जीवनका धेरै समय लडेका कमरेडहरू पनि त त्यहाँ छन्। के तिनले हामीलाई क्रान्ति गरेबापत समाप्तै पार्ने मात्र सोच्लान् ? उनीहरू त्यहीं बसेर पनि त क्रान्तिलाई सहयोग गर्न सक्छन्। हामीले वैज्ञानिक समाजवाद ल्याउने अठोट गर्दा बिच्किन र चिढिन किन पर्छ र ? क्रान्तिको निर्ममता आफ्नै ठाउँमा छ। हामी सबै चुनौती सामना गर्न तयार भएर त यो मार्गमा डटेका छौं।

source:https://www.rajaneeti.com

प्रतिकृया दिनुहोस्