Monday, January 17

सुन्दर बन्ने चक्करमा भूलेर पनि नलगाउनुहोस् अनुहारमा यी चीज, झन् भइन्छ कुरुप

December 11, 2021 125

शरीर गोरो बनाउने चक्करमा हामीले विभिन्न चीजको प्रयोग गरिरहेका हुन्छौँ। जसले छालालाई गोरो नभई कालो बनाइरहेको हुन्छ। आज हामी तपाईलाई अनुहार कालो बनाउने केही यस्ता बस्तुका बारेमा जानकारी दिदैछौँ ।

अनुहारमा नलगाउनुहोस् यी चीज

कागती : यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ।

बियर : बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ।

बेकिंग सोडा : यसमा पाईने अल्केलाइड्सले छालाको पीएच लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग,धब्बा बन्छ र चमक कम हुन्छ।

पुदिना : यसमा मेन्थोल हुन्छ। यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ।

सुन्तला : सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ। यसले छालाको रंग कालो हुन्छ।

के लगाउने ?

अनुहार गोरो र चम्किलो बनाउनका लागि समय समयमा काँचो दूध लगाउनुहोस् जसले सुख्खापना कम गरेर अनुहारलाई चमकदार बनाउने गर्दछ। त्यस्तै घ्यूकुमारी जेल लगाउदा पनि अनुहार चम्किलो र गोरो हुने गर्दछ।

प्रतिकृया दिनुहोस्