Monday, January 17

मंसिर २६ देखि पुस ३ सम्मको साप्ताहिक राशिफल हेर्नुहोस

December 12, 2021 675

साप्ताहिक राशिफल – Weekly Rashifal

मंसिर २६– पुस ३, २०७८

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा व्ययभार बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। शुक्रवारदेखि व्यवसाय विस्तार हुनेछ। आम्दानी बढ्नेछ भने मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा राम्रै आम्दानी हुनेछ। मिहिनेतीहरूलाई दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। तर, खर्चको मात्रा बढ्नेछ भने अर्थ अभावको समस्याले सताउन सक्छ। समयमा रकम हातलागी नहुँदा काममा पनि बाधा हुनेछ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइकाे साथ–सहयाेग जुट्नाले काम भने बन्नेछन्। सप्ताहान्तमा विभिन्न अवसर जुट्नुका साथै मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। ढिलै भए पनि आँटेको काम बन्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
साता उत्साहवर्द्धक रहनेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सप्ताहान्तमा भने खर्चिलाे काम आँट्नाले धेरै रकम जाेहाे गर्नुपर्ने हुन सक्छ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइ नजिकिन सक्छन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्ररम्भमा केही जिम्मेवारी थपिनेछन्। लक्षयमा पुग्न निकै मेहनत गर्नुपर्ने देखिन्छ। तर, समय लागे पनि उपलब्धि प्राप्त हुनेछ। आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। मंगलवारदेखि पहिलेका समस्या समाधान हुनेछन्। चिताएको काम सम्पादन हुनेछ भने नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ। सप्ताहान्तमा मनग्य आम्दानी हुनेछ। तर कामले खर्च बढाउनेछ भने लगानी अरूका हातमा जानाले आर्थिक समस्या पनि आइपर्न सक्छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिको चक्रमा अलमलिनुपर्ला। कार्यसम्पादनमा समय लाग्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। सानो प्रयत्नले काम बन्नेछ भने अवसरले उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नाले नयाँ काम सुरु हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सप्ताहान्तमा केही अवराेध सामना गर्नुपरे पनि दिगो काम प्रारम्भ गर्न सफल भइनेछ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा रमाइलो यात्राको साइत जुर्नेछ भने चिताएको काम पनि बन्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। मंगलवारपछि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने अर्थ अभावले याेजना रोकिन सक्छ। अरूको स्वार्थमा उपयोग भइनेछ। सप्ताहान्तमा पुनः स्थिति अनुकूल बन्नेछ। कर्मयाेगले भविष्यप्रति आशा जगाउनेछ। शुभचिन्तकहरूले साथ दिनाले नयाँ अवसर प्राप्त हुनेछ। नाम र दाम पनि हातलागी हुनेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार तथा कर्मयोगले फाइदा दिलाउनेछ। उपलब्धिले जोस–जाँगर बढ्नेछ। यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा मन रमाउनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। तर विवादास्पद कामले केही चुनाैती निम्त्याउने देखिन्छ। सप्ताहान्तमा परिस्थिति प्रतिकूल बन्नाले काम राेकिन सक्छ। स्वास्थ्य कमजाेर हुनेछ भने अर्थ अभावले सताउन सक्छ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा अध्ययनमा समय दिन नसकिए पनि सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले काम बन्नेछन् र मिहिनेतले सफलता दिलाउन सक्छ। मंगलवारपछि कामका चुनौतीहरू समाप्त हुनेछन् र सोचेको फाइदा उठाउन सकिनेछ। पुरुषार्थी कामले लक्ष्यमा पुर्याउनेछ। प्रतिस्पर्धीहरू कमजाेर बन्नेछन्। सप्ताहान्तमा भने केही खर्चिला काम गर्नुपर्ने हुन सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताकाे बन्धन कसिनेछ। परिस्थिति र साेखले खर्च बढाउनेछ। आफ्नाे उपलब्धि अरूलाई सुम्पनुपर्ला।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा अन्योल बढ्ने हुँदा काम बिग्रने चिन्ताले सताउन सक्छ। नजिकका साथीभाइ टाढिनाले आत्मबलमा कमी आउनेछ। तापनि मंगलवारदेखि स्थितिमा सुधार आउनाले प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि हट्नाले आँटेको काम बन्नेछ। नयाँ कामको अवसरले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा केही फजुल खर्च बढ्न सक्छ। लगानी गर्नुपरे पनि काम थाल्न समय लाग्नेछ। प्रतिस्पर्धीहरूबाट सावधान रहनुहोला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा विशेष अवसर प्राप्त हुनाले काम बन्नेछ। मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुनेछ। मंगलवारपछि सानाेतिनाे घरायसी समस्याले अल्झाउन सक्छ। आफन्तजन बिनाकारण टाढिन सक्छन्। समयमा निर्णय लिन नसक्दा चिताएकाे काम राेकिन सक्छ। सप्ताहान्तमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनतर्फ विशेष उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले सफलता दिलाउनेछ। नयाँ काम थालनी हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
तर्कशक्ति बढ्नेछ भने अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभावले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। बुद्धिको उपयोगले महत्त्वाकांक्षी काम प्रारम्भ हुनेछ। कामकाे सफलताले उत्साह जगाउनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयाेगीहरूले पनि राम्राे साथ दिनेछन्। व्यापार तथा उद्याेगमा मनग्य फाइदा उठाउन सकिनेछ। सप्ताहान्तमा आफ्नाे कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। नयाँ काम थाल्न सकिनेछ र व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मंगलवारदेखि मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ। आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। शुक्रवारदेखि भने केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्