नायक पल शाह गायिका समिक्षा अधिकारीसँगको लफडामा परेपछि यसका सम्भावित साइड इफेक्टले बजार तातेको छ । यो स्क्यान्डलबाट नायिका पुजा शर्मा समेत तनावमा छिन् ।
पुजाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आउँदो १३ फागुनमा रिलिज हुँदैछ । कोरोनाका कारण यो चलचित्रको रिलिजमा करिब दुई वर्ष ढिलाई भएको थियो ।
कोरोनाको तेस्रो लहर साम्य भएर चलचित्र घरहरु खुलेसँग रिलिजको नयाँ डेट तोकिएको हो । पुजा शर्मा चलचचित्रको पब्लिसिटीका लागि निकै मिहिनेत गरिरहेकी छिन् । चलचित्रका नायक पल शाहलाई साथमा लिएर केही दिनदेखि उनी पब्लिसिटीमा दौडिरहेकी थिइन् ।
अहिले पल शाह विवादमा मुछिएपछि पुजालाई तनाव भएको हो । कलाकारका स्क्यान्डलले कहिले फिल्मको व्यापारलाई मद्दत गर्छन् त कहिले हानी पुर्याउँछन् ।
कतिपय चलचित्रका निर्माता–निर्देशकले फिल्म रिलिज हुँदा चर्चाका लागि बनावटी स्क्यान्डल पनि खडा गरिरहेका हुन्छन् । तर, पल जुन प्रकारको स्क्यान्डलमा मुछिएका छन्, त्यसले चलचित्रको व्यापारमा धक्का पुग्ने चिन्ता पुजाको छ ।
चलचित्र रिलिज हुन ४ दिन मात्र बाँकी छ । तर, मिडियामा आइरहेका विवादले पल शाह पहिलेझैं खुलेर फिल्मको पब्लिसिटीमा उत्रिन सहज छैन । अर्कोतर्फ उनको इमेजमा पनि असर परिरहेको छ ।
‘रियल हिरो’ को उपमा पाएका उनी अहिले ‘प्ले व्वाई’ का रुपमा केहि अनालाइन मिडियाले प्रचार गरिरहेका छन् । यसर्थ यसको असर चलचित्रको व्यापारमा पर्न सक्ने पुजाको चिन्ता छ ।
उनी अहिले विभिन्न युट्यूवरलाई अन्तर्वार्ता दिएर पलको बचाउ प्रयास गरिरहेकी छन् ।
प्रतिकृया दिनुहोस्