Thursday, November 26

” सरकारी मूल्यांकन भन्दा बढी मूल्यमा जग्गा किनबेच गर्न नपाइने कानून,जग्गाको मूल्य घट्ने”

November 12, 2020 850

कालो’धनले जग्गाकारो’बार गरेर स’म्पत्ति शुद्धिकरण गर्नेहरु’का लागि सरकारले न’याँ नियम लगाएसँगै’ जग्गाको कारोबारमा ब्रेक लाग्ने भएको’ छ ।बैंक’हरुमा गो–एएमएल प्रणाली लागू भएपछि जग्गाको मूल्य ह्वात्तै घट्ने भएको हो।’नयाँ नियम अनुसार चेक वा नगद जम्मा गर्दा अनिवार्य रुपमा विवरण खुलाउनु ‘पर्ने छ । जग्गाको ‘किनबेच भएको वास्तविक मूल्य देखाउनुपर्ने भएपछि जग्गाको भाउ घट्ने भएको हो । नयाँ प्रणाली अनुसार बैंकहरुमा रकम जम्मा गर्दा तीनपुस्ते सहित आम्दानीको स्रोत समेत खुलाउनुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले १ माघ देखि ‘गो–एएमएल’ मा गएका छन् ।जसका कारण जग्गा बेचेको वास्तविक मूल्य खुल्ने प्रमाण (लिखत) बैंकमा देखाउनुपर्ने हुन्छ । यसअघि धेरै मूल्यमा जग्गा बेचेपनि सरकारी मूल्यांकन अनुसारको मात्रै राजश्व तिर्ने चलन थियो । अब भने त्यसरी ठग्न नपाउने भएका छन् ।बैंकहरुका अनुसार जति सरकारी मूल्यांकन हो त्यहि मूल्यमा जग्गा बेच्नुपर्ने हुन्छ । बिक्रेताले पछि बैंकमा रकम जम्मा गर्दा पनि जग्गा बेचेको लिखत देखाउनुपर्ने हुन्छ । त्यसकारण जग्गाको वास्तविक मूल्य भन्दा धेरै देखाउन पाईँदैन ।

अर्थमन्त्री, नेपाल राष्ट्रबैंक’ले यसरी नयाँ निय’म ल्याएपछि खेती ‘योग्य जमिन जथाभावी” घडेरीको” रुपमा बेच्ने र चर्को मूल्यमा जग्गाको कारोबार गर्ने क्रम रोकिने भएको बताइएको छ । उता खेतियोग्य जग्गा’को जथाभावी कित्ताका’ट रोकेको भूमि व्यवस्था मन्त्रालयले पनि बैंकमा रकम जम्मा गर्दा जग्गा बिक्रीको लिखत अनिवार्य गर्ने जनाएको छ ।

जसले गर्दा भ्रष्टाचार, हुण्डी’ तथा अन्य गैर कानूनी” कारोबारबाट कालोधन जम्मा गरेकाहरुले जग्गामा” लगानी गर्ने र बढी मुल्यमा किनेको वा बेचेको देखाएर कालोधन सेतो बनाउने बाटो समेत बन्द हुने भएको छ । यसका’ लागि सरकारी निकायहरु अर्थ मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, नेपाल राष्ट्रबैंक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग तथा बैंकहरुको तालमेल भैरहेको बताइएको छ ।

source:http://www.narayanipati.com

प्रतिकृया दिनुहोस्