काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनका लागि देशभर विभिन्न क्रियाकलाप गरिरहेको निष्कर्ष निकालेका छन् ।
पार्टीको सचिवालय बैठकको पूर्वसन्ध्यामा बुधबार बेलुकी खुमलटारमा बसेको पाँच नेताको बैठकले ओलीले बालुवाटारबाटै विभिन्न जिल्लाका नेताहरुलाई विभाजनका लागि जुम मिटिङमार्फत आग्रह गरेकाले पार्टी विभाजन गर्ने ओलीको योजनालाई असफल पार्ने निष्कर्ष निकालेको छ ।
सचिवालयका एक सदस्य भन्छन्, ‘उहाँ निरन्तर छलफलमा हुनुहुन्छ । हामीले पार्टी विभाजन रोक्ने र पार्टीलाई एकतावद्ध पारेर जाने विषयमा आज छलफल गर्यौँ । प्रधानमन्त्रीज्यू भोलिको बैठकमा कसरी प्रस्तु’त हुनुहुन्छ, त्यसै अनुसार अगाडि बढ्ने हुन्छ । पार्टी विभाजन रोक्नेगरी हामीले कदम चाल्छौँ ।’
प्रचण्ड निवासको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सहभागी थिए ।
नेकपाभित्र पछिल्लो समय विवाद निकै चुलियको छ । कर्णाली प्रकरण, पर्सा घटना, मन्त्रिपरिषद्को हेरफेर तथा बिस्तार र कूटनीतिक मर्यादाविपरित प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखसँग मध्यरातमा बालुवाटारमा गरेको भेटवार्ताले विवाद निम्तिएको छ ।
पार्टी’का सबै तह’मा अल्पमतमा’ रहेका ओलीले ‘लामो समयदेखि बैठक ‘बोलाउनसमेत अस्वीकार गरेका थिए । कार्य’कारी अध्यक्ष प्रचण्डले बैठक बोलाउने अन्तिम तयारी गरे’पछि ओली बैठक बोलाउ’न तयार भएका हु’न् ।
source: nagarikkhabar.com
प्रतिकृया दिनुहोस्