Monday, May 10

“देशमा नै केही गर्न चाहाना हुनेहरुको मुख्य आकर्षण “केशर” खेती किलोको नै १० लाख”

November 13, 2020 423

प्रति किलो १० लाख रुपैयाँ पर्ने उच्च मूल्यको’ जडीबुटी केशर उत्पादन हुन थालेपछि कृषक उत्साहित भएका हुन् । जौवारी मल्टी परपोज एग्री”कल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरले इलाम’को माइजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको खेती सुरु गरी विस्तार गरेको छ ।

प्रदेश नम्बर –१ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम ‘रानाले उच्च पहाडी क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताए ।

थोरै मात्रामा हिउँ र तुषारो पर्ने एक हजार ५०० देखि दुई हजार ५०० मिटरको उचाइ केशर खेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका’ रुपमा लगाइएको केशर विस्तारमा प्रदेश र स्थानीय सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने औंल्याइएको छ ।

केशर उत्पादनका लागि” धेरै फूलको आव’श्यकता पर्दछ’ । फूलभित्रको रा”तो लुर्का संकलन ग’री सुकाएर बिक्री गर्ने गरिन्छ । करिब डेढ लाख सुगन्धित फूलबाटमात्र एक किलो केशर प्राप्त हुने गर्दछ ।

गत व’र्षदेखि तयारी केशरलाई जौबारी मल्टी” परपोज एग्रीकल्चर सेन्टरले प्याके’जिङ गरी बिक्री गरेको थियो । औषधिय गुण भएको केशर मसलाको रुपमा समेत प्र’योग गरिन्छ । यसको’ चिया, जुस र अन्य पेय”पदार्थमा प्रयोग गर्न सकिने भएकाले बजारमा बिक्री गर्न समस्या रहेको छैन ।

के’शरको व्यावसा’यिक विस्तारका लागि तालिम ”र अनुसन्धानमूलक कार्यक्रम किसा”नसम्म पुग्न जरुरी दे’खिएको छ ।

source : durbartimes.

प्रतिकृया दिनुहोस्