Wednesday, December 2

“कमार लिङदे’नको भनाई अनुसा’र राजतन्त्र र कम्युनिस्टको पक्षमा लाग्नु भनेको आफ्नै दाजुभाइको हत्या गरेर रंगको उत्सब गरे जस्तै हो “

November 13, 2020 92

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमार लिङदेन मिराकले राजतन्त्र ,एकात्मकता र धर्म सापेक्षताको पक्षमा लाग्नु भनेको आफ्नै चिहान आफै खन्नु र आफ्नै दाजुभाइको हत्या गरेर रंगको उत्सब गरे जस्तै भएको बताउनु भएको छ ।

“हामी हाम्रै पहिचानकै कारण राज्यले दमन गरिएकाहरु ,राज्य द्वारा हाम्रो पहिचान अपहरण गरिएकाहरु ,हामी आदिवासी,दलित शिल्पी,खस,थारु र मधेशीहरु कहिले पनि एकात्मक ,राज’तन्त्र ,धर्म सापेक्ष ,निरकुशता ( सबैखाले निरकुशता –राजावादी ,पुजिवादी ,कम्युनिस्ट ) को पक्षमा ”लाग्नु हुदैन । हामी उत्पीडितहरु राजतन्त्र ,एकात्मकता र धर्म सापेक्षताको पक्षमा लाग्नु भनेको आफ्नै चिहान आफै खन्नु हो र आफ्नै दाजुभाइको हत्या गरेर रंगको उत्सब गरे जस्तै हो ।” उहाँले फेसबुकमा लेख्नुभएको छ ।

“इतिहासमा ,हामीहरु’बाट ठुलो–ठुलो गल्ति’ भएको छ । ०१७” सालमा महेन्द्रले पंचायत’ लागु गर्दा हाम्रा धेरै मान्छेहरु पंचायतमा लागे ,त्यो महाभूल थियो। कांग्रेसीहरुसँग जति रिस उठेपनि ,उ’नीहरुसँग’ हाम्रो कुरा नमिले पनि ,कांग्रेसीहरुको” घमण्डले आकाश छोए पनि हामी पंचायतको विरुद्धमा र बहुदलको प’क्षमा उभिनु पथ्र्यो ।, उहाँले थप लेख्नुभएको ।

सरकारले संघीय लाक’तान्त्रिक गणतन्त्र ने’पाल लेख्दै ”आएकोमा अब नेपालमात्र लेख्ने निर्णयको ‘चौतर्फी विरोध र ‘आलोचना भइरहेकोबेला केहिदिन राजतन्त्रको र्याली समेत देखिन थालेको छ ।”

source:https://nayaonline.com

प्रतिकृया दिनुहोस्