पाठेघरको मुखको क्यान्सर एक त्यस्तो प्रकारको क्यान्सर हो, जुन गर्भाशयको कोषमा हुने गर्छ । अर्थात्, गर्भाशयदेखि तल्लो योनीलाई जोड्ने भागमा हुने क्यान्सर नै पाठेघरको मुखको क्यान्सर हो ।
यसलाई विश्वमा नै एक विकराल समस्याको रुपमा लिइन्छ । यस्तै, संसारमै सबैभन्दा बढि देखिने क्यान्सरमध्ये यो आठौं स्थानमा रहेको छ । अर्काे शब्दमा यसलाई महिला क्यान्सर पनि भनिन्छ । विश्वको तथ्यांक हेर्ने हो भने वार्षिकरुपमा ५ लाखभन्दा बढि महिला यस रोगबाट शिकार भएको देखिन्छ ।
यस संक्रमणको मुख्य कारण ‘ह्युमन प्यापीलोमा भाइरस’ हो । यद्यपि मल्टिपल पार्टनर र सानो उमेरमै धेरै प्रजनन गराउने प्रकृयालाई पनि पाठेघर क्यान्सरको मुख्य जिम्मेवार पक्ष मानिन्छ ।
प्रायजसोः ३५ देखि ४० वर्ष कटेका महिलामा धेरै देखिने यस क्यान्सरलाई बढावा दिने अन्य कारक तत्वहरु निम्न रहेका छन्ः जोखिम बढाउने कारक तत्वहरु धुम्रपान कमजोर रोग प्रतिरोध क्षमता ५ वा सोभन्दा बढि सन्तान जन्माउनु वा सानै उमेरमा प्रजनन हुनु(१७ वर्षभन्दा कम उमेरमा)गर्भावस्थामा अनावश्यक हार्माेन सम्बन्धिको औषधि सेवन गरेमा ।
अन्य रोगहरु जस्तै शरीरमा देखिने यसका केहि लक्षणहरुले पनि पाठेघरको क्यान्सरलाई संकेत दिइरहेको हुन्छ । जसलाई हामीले बेवास्ता गर्ने गल्ती गर्नु हुदैन ।
यसका मु’ख्य लक्षणहरु नि’म्न रहेका छन्ः
1)अनावश्यक रक्तश्रावः – सम्भोगको क्रममा, महिना’वरीको क्रममा र, महिनावारी भइ सकेपछि पनि अनावश्यक रुपमा रक्तश्राव हुनु ।
2)योनी’श्राव हुनुः – नाभीमुनि एवम् ढाड’को तल्लो पछिल्लो भागमा’ लगातार दुखाई हुदै यो’निश्राव हुनु ।
3)कोखा दुख्नु कब्जियत लगातार पिसाब लाग्नु पिसा’बमा रगत देखिनु एक वा दुवै खुट्टा सुन्नु ।
रोकथामका उपायहरुः
1)यस्ता सम’स्या आफूमा नदेखियो’स् भन्नका लागि महि’लाले सबैभन्दा पहिले य’सको जोखिम बढाउ’ने कारक तत्व’बाट टाढै रहने प्रयास गर्नुपर्छ । जसका लागि महिलाले एचआभी विरुद्धको खोप लगाउने,
2)धुम्रपानबाट टाढै रहने,
3)शारीरिक एवम् मा”नसिक रुपमा त’यार भएपछि मात्रै प्रजजन गर्ने,
4)एकजना संग मात्रै यौ’न सम्बन्ध काय’म गर्ने र कन्डम’को प्रयोग गर्ने गर्नुपर्छ ।
यस्तै, आफूमा यसको जोखिम भए वा नभएको थाहा पाउनका लागि प्र’त्येक महिलाले १-१ वर्षको अ’न्तरालमा अनिवार्य रुपमा आफ्नो पाठे’घरको जाँ’च गराउनु पर्छ भने, यसबाहेक कुनै पनि म’हिलाले माथि उल्लेखित लक्षणहरु आफूमा देखिएमा त्यसलाई बेवास्ता नगरी उपचारका लागि तुरुन्त सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ । -एजेन्सी
प्रतिकृया दिनुहोस्