Thursday, November 26

“ओलीको नक्कली राष्ट्रवाद उदाङ्गो भएको प्रचण्डको ठहर, यी हुन् ओलीले गरेको १५ गल्तिहरु “

November 14, 2020 153

२९ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादको मुकुण्डो उदाङ्गो भएको तथ्य नेकपा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महान राष्ट्रवादी र समाजवादी ठहर गर्दै खुसुक्क पार्टी एकता गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’कै दस्तावेजमा यस्ता धेरै गम्भीर र संगीन आरोपपत्रहरु समावेश भएका छन् ।

कार्तिक २८ गते नेकपाको सचिवालयमा प्रस्तुत प्रचण्ड प्रतिवेदनमा ओलीमा अराजकतावादी व्यक्तिवादको पराकाष्ठा बढ्दै गएको, सामान्ती निरंकुशता र उन्माद सल्केको तथा गणतन्त्र तथा संघीयता मास्ने रणनीतिमा उद्दत भएको बिषय उल्लेख गरिएका छन् । ओलीमा प्रवृतिगत समस्या चर्केको र क्षम्य हुन नसक्ने खालको भन्दै प्रतिवेदनमा बोलिएको छ ‘अविश्वास र अन्तरविरोध पनि बढ्दै गएका छन् । यो स्थितिले पार्टी र जन–समुदायमा झन पछि झन अन्यौल र निराशा बढाइरहेको छ । कोभिड–१९ महामारीबाट आक्रान्त जन–समुदायमा सरकारका असन्तुलित नीति र व्यवहारप्रति असन्तुष्टी बढ्दो छ । यहि स्थिति कायम रहीरहने हो र तत्काल निर्वाचन हुने हो भने पार्टीले निकै ठूलो चुनौति सामना गर्नुपर्ने स्थिति छ । यस्तो स्थिति क्षम्य हुन सक्ने छैन ।’

घोर व्यक्तिवाद र अराजकतावाद उल्लेख गर्दै भनिएको छ ‘आज कम्युनिष्ट आचरण र मूल्य मान्यतामा भयानक ह्रास आइरहेको छ । नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पद र पैसाका निमित्त जे पनि गर्न उद्दत हुने घोर व्यक्तिवादी र अराजकताजवादी प्रवृत्ति झाँगिदै गएको छ । क्रान्तिकारी आचरण र लोकतान्त्रिककरणको प्रक्रिया विलोप हुँदैछ । वैचारिक बहस गर्ने, सैद्धान्तिक अध्ययन, अनुसन्धान गर्ने, कम्युनिष्ट आदर्श, विधि र पद्धतिको विकास र पालना गर्ने प्रश्नहरुमा ध्यान दिने फुर्सद कसैलाई नभएको जस्तो देखिँदैछ । ’

पार्टीले सत्ता होइन, सत्ताले पार्टी चलाउने जस्तो उल्टो व्यवहार भइरहेको बताउँदै प्रतिवेदनमा अगाडि भनिएको छ ‘पार्टी र सरकारको यो स्थितिका लागि पार्टी र सरकार दुबैको मुख्य नेतृत्वमा रहेका कमरेड केपी शर्मा ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेका छन । वैचारिक–राजनैतिक प्रश्नदेखि पार्टी र संगठनात्मक विधि, पद्धति र आचरणका सम्बन्धमा पार्टी एकताका बेलामा गरिएका प्रबन्ध र निर्णयहरुको निरन्तर अतिक्रमणद्वारा कमरेड केपी शर्मा ओलीले आफू चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ । उहाँमा विद्यमान यो प्रवृतिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ । यो कुनै व्यक्तिगत आग्रह पूर्वाग्रहको कुरा होइन अपितु पार्टी निर्माण र देश निर्माणको अनिवार्य सर्त हो ।’

सहमतिमा बनाइएको समाजबादउन्मुख जनताको जनवादलाई अस्विकार गर्न नपाइने भन्दै प्रतिवेदनमा भनिएको छ ‘साविक एमालेको ‘जनताको बहुदलीय जनवाद’ र कमरेड मदन भण्डारीको योगदान तथा साविक माओवादीको ‘२१ औं शताब्दीको जनवाद’ तथा माओवादी जनयुद्धको योगदानको मूल्याङ्कन गरेर नै आगामि एकता महाधिवेशनमा अझ विकसित र परिमार्जित गर्ने सहमतिमा समाजवाद उन्मुख जनताको जनवादलाई तात्कालिक राजनैतिक कार्यदिशा तय गरिएको हो । पार्टी एकताका सन्दर्भमा गरिएको तत्कालिन एमाले र माओवादी केन्द्रको विगतको निम्न मुल्याङ्कनमा सबैको ध्यान जान जरुरी छ । यद्यपि तात्कालिन एमालेमा र तात्कालिन माओवादी आन्दोलनको दौरानमा कयौं कमजोरी पनि रहेका छन महाधिवेशनका दौरानमा तिनको समिक्षा पनि हुने नै छ । ’

एकता गर्दा जनयुद्धको उपलब्धि स्विकार्छु भन्ने तर कार्यान्वयनमा नमान्ने भन्दै प्रचण्डले भनेका छन् ‘पार्टीका अन्य सबै नेताहरु जेष्ठ ३ गतेको मदन–आश्रित स्मृति दिवस, फाल्गुण २१ गतेको सुखानीका सहिदहरुको स्मृति दिवस, फागुन १ गतेको जनयुद्धका सहिदहरुको स्मृति दिवसमा सहभागी बनेर पार्टी एकताको मर्म र भावनालाई सम्मान गर्दछन तर कमरेड केपी ओली भने कहिल्यै पनि फाल्गुण १ गतेको कार्यक्रममा सहभागी बन्न समेत तयार हुनुभएन ।’ तत्कालीन राजनैतिक प्रतिवेदनमाथिको उहाँको ‘स्वीकारोक्ति’ केवल सत्ता प्राप्ति र गुट स्वार्थ पुरा गर्ने हतियारका रुपमा मात्र प्रयोग गरेको देखिएको छ । ’

ओलीमा बुजुर्वा अराजकतावादी चिन्तन र सामान्ती दंभ रहेको भन्दै प्रतिवेदनले बोलेको छ ‘बहुमतको निर्णय म मान्दिन, मेरो निर्णय बहुमतले मान्नु पर्दछ भन्ने मान्यता नै कमरेड ओलीका संगठनात्मक मान्यता हुन् । स्पष्ट छ कि यसप्रकारको सोच र शैलीको कम्युनिष्ट पार्टीको सिद्धान्त श्रमजीवि वर्गको स्वार्थसँग कुनै सम्बन्ध छैन, बरु उपरोक्त सोच र शैलीको सिधा सम्बन्ध बुर्जुवा अराजकतावादी व्यक्तिवाद र सामन्ती निरंकुशतासँग रहेको हुन्छ ।’

पार्टी बिरोधि बुजुर्वाहरुलाइ राजकीय जिम्मेवारी दिइएको भन्दै उनको प्रतिवेदनमा भनिएको छ ‘राजकी’य हैसियत’को दुरुपयोग गर्दै आफूप्रति असहमत हुनेहरुलाई प्रतिशोधपूर्ण किसिमले ‘किनारा लगाउने’ र प्रहार गर्ने काम गर्नुभयो । पार्टीमा गुटबन्दी गर्दै पार्टी सदस्य नभएका र भर्खरै पार्टीमा आएका बुर्जुवाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएर पार्टीमा लामो समय काम गरेकाहरुलाई किनारा लगाउने काम गर्नुभयो । सामूहिकता, कम्युनिष्ट आचरण, जनवादमा आधारित केन्द्रीयताको शैली र कुशल नेतृत्वका गुण उहाँमा विल्कुल देखिएनन् । उहाँ फुटाउ र शासन गर भन्ने मान्यतामा हिड्न थाल्नुभयो । आफू अप्ठ्यारोमा पर्दा आफ्ना समकक्षी नेताहरुलाई विभिन्न लोभ, प्रलोभन देखाउने र सहमत नभएमा डर, धाक, धम्कि र चरित्र हत्या जस्ता घृणीत हतियार प्रयोग गर्न उहाँ हिच्किचाउनु भएन।’

नयाँ दल दर्ता गर्ने र सांसद अपहरण गर्ने काममा संलग्न भन्दै प्रतिवेदनमा भनिएको छ ‘चरमोत्कर्ष राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी कानून संशो’धन अभ्यासको ‘अघि र पछिका गतिविधि तथा स्था’यी कमिटीको वैठक’ चलिरहेकै समयमा स्वेच्छाचारी किसिमले संसदको अधिवेशन समाप्त गर्ने, जनकपुर पुगेर रातारात सांसद ल्याउने, निर्वाचन आयोगमा नेकपा (एमाले)को नाममा अर्काे दल दर्ता गर्न लगाउने, विपक्षीहरुसंग साँठगाँठ गर्नेसम्मका क्रियाकलाप देखियो ।’

पार्टी बैठक गराउन लकडाउन भन्ने तर माइतिघरमा भेला पारेर जयजयकार गर्न उक्साउने भन्दै प्रतिवेदनमा बोलिएको छ ‘स्थायी कमिटीको बैठक चलिरहेको समयमा बैठकमा उपस्थित नहुने तर सरकारी निवास बालुवाटारमा युवाहरुलाई बोलाएर आफ्नो समर्थनमा सडक प्रदर्शन गर्न उकास्ने, प्रयोजित रुपमा आफ्नो तस्वीर भएको गञ्जी लगाएका मानिसहरुलाई सडकमा उतारेर आफ्नो प्रशंसा गर्न, अरु नेताहरुप्रति प्रहार गर्न र उत्तेजना फैलाएर पार्टी एकता कमजोर पार्न लगाउने जस्तो अत्यन्त गैरजिम्मेवार कार्यलाई क केपी शर्मा ओलीले प्रोत्साहन दिनुभयो । भारतद्वारा अतिक्रमित देशको भू–भाग समावेश गरिनुपर्छ र भारती फौज नेपाली भू–भागबाट हटाइनु पर्छ भनी शान्तिपूर्ण प्रदर्शन गर्नेहरुमाथि दमन गर्ने तर प्रधानमन्त्रीको स्तुतिमा निस्केका जुलुसलाई संरक्षण दिइएको देखियो । यस्ता प्रकारका क्रियाकलापले हामीलाई लज्जित तुल््याएको छ र लोकतन्त्रको उपहास भएको छ ।’

एमसीसि सम्बन्धमा गोप्य सम्झौता गरेर राष्टघात गरीएको भन्दै प्रतिवेदनमा भनिएको छ ‘प्रधानमन्त्री क. केपी शर्मा ओलीले एमसीसीका सम्बन्धमा पार्टीलाई पूर्णरुपमा गुमराहमा राख्नुभयो । पहिलेको सम्झौताभन्दा राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी पार्टीबाट गोप्य राखेर का’र्यान्वयन सम्झौता गर्नुभयो । कार्या’न्वयन सम्झौताले मूल सम्झौताका कतिपय प्रावधानलाई समेत परिवर्तन गरेको छ । संसदमा अनुमोदनका लागि विचाराधीन सम्झौताबारे निर्णय नहुँदै सम्झौताका प्रावधानमा संशोधनका लागि अर्थमन्त्रीद्वारा एमसीसीसँग गोप्यरुपमा पत्राचार गरियोे । ’

ओलीको राष्टबाद नक्कली भन्दै प्रतिवेदनमा भनिएको छ ‘नेपालको इतिहासमै पहिलो पटक कुटनैतिक मूल्य मान्यता र प्रधानमन्त्रीको प्रोटोकल विपरित भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुखसँ’ग समकक्षीका रुपमा वार्ता र प्रेस नोट जारी गरेर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वाभी’मान माथि गम्भीर आघात पु¥’याउने कार्य गरियो । यस सम्बन्धी कमरेड ओलीको अपारदर्शी अमर्यादित व्यवहारले उहाँ’को राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको छ ।’

सत्ताका आडमा अपरा’ध छोप्ने प्रयास भएको भन्दै प्रतिवेदनको एक अंशमा भनिएको छ ‘पर्सा हत्यामा सम्लग्न आपराधिक तत्व’हरुका विरुद्ध जाहेरी दर्ता गर्ने क्रममा प्रदर्शित व्यवहारले पनि कमरेड ओलीको पार्टी एकता विरोधी गुटबन्दी चरित्रलाई नै देखाएको छ ।’

गम्भीर आत्मसमिक्षा र आत्माआ’लोचनाको जरुरी भन्दै प्रचण्डको ‘प्रतिवेदन’ भन्छ ‘व्यक्तिवादी’ अहंकार र गुटबन्दी क्रियाकलाप सच्चाए ”पार्टी एक’ता र सहम’तिको बाटो ति’र होइन गुटवादी र फुटवादी दिशाति’र नै अगाडि बढिरहेको ‘तथ्यलाई स्पष्ट गर्दछ । तर पनि कमरेड के.पी ओलीले प्रमुख रुपमा गम्भीर आत्मस’मिक्षा र आत्माआलोचना गर्दै पार्टी ‘एकता र संविधान र संघीय लोकतान्त्रिक गणत’न्त्रको रक्षा एवम देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिइ ‘समुचित योगदान गर्नुहुनेछ ।’

source:https://www.sansarnews.com

प्रतिकृया दिनुहोस्