Tuesday, November 24

“केपी ओली दलाल नोकरशाहा, पुजीबादी चिन्तन रहेको खोक्रो कम्युनिस्ट हुन् :प्रचण्ड”

November 15, 2020 191

सत्ता’रूढ नेपाल क’म्युनिस्ट पार्टी नेक’पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधा’नमन्त्री केपी शर्मा ओली कम्यु’निस्ट, वाम प्रगतिशील चिन्तनबाट आधारभूतरूपमै च्युत भइसकेको र सारमा कम्युनिस्ट नरहेको निष्कर्ष निकालेका छन् ।

सचिवालयमा पेश गरिएको एकल राजनीतिक दस्ता’वेजमा प्र’चण्डले केपी ओलीले कहिल्यै समाजवाद, जनवादको पृष्ठपोषण नगरेको र व्यवहा’रतः नवउदारवा’दको वकालत गरेकाले उनलाई कम्युनिस्ट भन्न नहुने दली’ल प्रस्तुत गरेका हुन् ।

समाजवादको रणनीतिक लक्ष्य, शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धा, कानुनी शासन, मानवअधिकारको मूलभूत मान्यता, आवधिक निर्वाचन संविधानको सर्वोच्चता, नियन्त्रण र सन्तुलनको विधि, संघीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता, दलाल नोकरशाही पुँजीवादमाथि नियन्त्रण र निय’मन गर्ने पार्टी एकताले’ तयार पारेका राजनीतिक आधर हुन् । त्यस्तै वर्तमान विश्व परिस्थिति अनुसार राष्ट्रिय पुँजीको विकास गर्ने तथा सामाजिक न्यायसहित आ’र्थिक विकासलाई गति दिई सामाजवादको आधार तयार पार्ने पार्टी एकताले स्वीकार गरेको राजनीतिक कार्यदिशा हो । तर, योभन्दा ठीक उल्टो गतिमा हिँडिरहेको प्रचण्डको निर्क्यौल छ ।

“उहाँले न कहिल्यै समाजवादको कुरा’ गर्नुहुन्छ न समाजवाद उन्मुख जनताको जनवादको न कहिल्यै समाजवादी आर्थिक, राजनैतिक, सांस्कृतिक नीतिबारे चर्चा गर्नुहुन्छ, न सरकार’का तर्फबाट समाजवाद उन्मुख कुनै ठोस कार्यक्रम अगाडि सार्नु भएको छ,” प्रचण्ड दस्तावेजमा किटानका साथ भन्छन्, “व्यवहारतः उहाँले दलाल र नोकरशाही पुँजीवादलाई प्रोत्साहित गर्ने नव–उदारवादी पूँजीवादलाई नै पच्छ्याइरहनु भएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओलीले मदन भण्डारी फाउन्डेसनलाई पार्टीको स्वरूपमा ढाल्न खोजेको बताउँदै पार्टी स्थायी कमिटीको पाँचौं बैठकको निष्कर्षको मर्म मै प्रहार गरेको आरोप लगाएका छन् । भन्छन्, “उहाँले पार्टी, विचार, नीति र योजनाको होइन बरु प्रतिष्ठानका नाममा आफ्नो गुटलाई पुरानै रूप र मान्यता अनुसार सक्रिय पारी एकताको मर्ममाथि प्रहार गरिरहनुभएको छ ।”

पार्टीका अन्य सबै नेताहरू जेठ ३ ग’तेको मदन–आश्रित स्मृति दि’वस, फागुन’ २१ गतेको सुखानीका सहि’दहरुको स्मृति दिवस, फागुन १ गतेको जनयुद्धका सहिदह’रूको स्मृ’ति दिवसमा सह’भागी बनेर पार्टी एकता’को मर्म र भावना’लाई स’म्मान गरे’को र तर ओलीले त्यो सदासयता देखाउन नसकेको प्रचण्डको बुझाइ छ ।

“कमरेड केपी’ ओली भने कहि’ल्यै’ पनि फागुन १ ग’तेको कार्यक्रम’मा सहभागी बन्न समेत त”यार हुनुभएन,” प्रचण्ड भन्छन्, “तथ्यहरू’ले स्पष्ट गर्दछन् कि क’मरेड केपी ओलीले पार्टी एकताको वैचारिक–रा’जनैतिक आधार र भावना’लाई आत्मसात नगरेको ‘मात्र होइन बरु त्यसका वि’रुद्ध आफ्ना ”’क्रियाकलापहरु बढाइरहनु भएको छ । राजनैति”क प्रतिवे’दनमाथिको उहाँको ‘स्वीकारोक्ति’ केवल सत्ता प्राप्ति र गुटस्वार्थ पूरा गर्ने हतियारका रूपमा मात्र प्रयोग गरेको’ देखिएको छ ।”

३० कात्तिक २०७७, आइतवार ०८:५७ बजे प्रकाशित

source:https://janadeshkhabar.com

प्रतिकृया दिनुहोस्