Tuesday, September 28

“झरना थापाले कर (भ्याट) नतिरेकोमा गोकुल बास्कोटाको ठुलो हात कसरी मिलायो.. कर्तुत बाहिरियो !”

November 16, 2020 500

चर्चित अभिनेत्री झरना थापाले सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाएको पाइएको छ । विभागले लामो समयदेखि कर बुझाउन आनाकानी गर्ने २९ हजार उद्यमी, व्यवसायीको नाम सार्वजनिक गर्दा चर्चित अभिनेत्रीको सुहानी फिल्मले पनि कर दाखिला नगरेको भेटिएको हो । लाजिम्पाट ३ काठमाडौंस्थित कम्पनीले ०५८ सालदेखि यता सरकारलाई कर तिरेको छैन ।

यसरी कर तिर्न आनाकानी गर्नेमा झरना एक्लो कलाकार होइनन् । वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्मले ०७४ सालयताको कर दाखिला गर्न बाँकी छ । यसरी कर दाखिला गर्न आनाकानी गर्नेमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटासमेत परेका छन् । विभागले निकालेको सूचनामा उनी प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिकले ०७० सालयताको कर दाखिला गरेको छैन ।

यसरी कर तिर्न आनाकानी गर्नेमा अर्बपति विनोद चौधरीका कम्पनीदेखि सुरज वैद्य, शारदाप्रसाद अधिकारी, बहादुरसिंह लामालगायत ठेकेदारसमेत छन् । -जनआस्था

प्रतिकृया दिनुहोस्