Saturday, December 5

“रमेश र कल्पनालाई विवाहको स्वीकृति दिइन रमेशको आमाले; कल्पना लाजले भुतुक्कै (भिडियो हेर्नुस्)”

November 16, 2020 111

काठमाडौ । कल्पना दाहाल गायीका हुन् । एबीसी टेलिभिजनको इन्द्रेणी कार्यक्रमवाट चर्चित भएकी कल्पना पहिलो पटक आमासंग मिडियामा सार्वजनिक भएकी छन् । रमेश प्रसाईसंग दोहोरी गाएपछि कल्पना चर्चित भएकी हुन् । पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ । उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

रमेशसंग कल्पनाको विवाहलाई लिएर कल्पनाको आमाले पनि स्वीकृति दिएकी छन् । कल्पनाको रोजाई रमेश हुन् भने आफुलाई कुनै गुनासो नभएको उनको भनाई छ । उनीहरुको टिकटक पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

उनीहरुको दोहोरी र टिकटक हेरेर वास्तविक जिवनमा पनि जोडी बन्न धेरैले सुझाव दिएका छन् । सामाजिक सञ्जालमा र मिडियामा निकै खुसी देखिने कल्पनाको वास्तविक जिवनमा भने निकै ठूलो दुख परेको छ । आफ्नो जवान दाई गुमाएकी कल्पना भक्कानिएकी छन् ।

अरुले घर सजाएर आफ्ना दाईभाईलाई सप्तरंगी टिका लगाएको देख्दा कल्पनाको मन भक्कानिन्छ । वृद्ध अवस्थामा ३२ वर्षको जवान छोरा गुमाएकी कल्पनाकी आमा पनि पहिलो पटक मिडियामा आएकी छन् ।

हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेश ले नै निर्णय गर्ने हो भन्दै उनकी आमाले शुभकामना समेत दिएकी छिन एता कल्पनाले पनि भाग्यमा लेखेको छ भने बिहे हुने समेत बताएकी छिन।कल्पनाले आफ्नो दाईलाई सम्झेर रुन पुगिन।

उनकी आमा १२ दिन सम्म अस्पतालमा अन्तिम अबस्थाबाट पुनर्जन्म पाएर फर्केको समेत बताउदै तिहार खल्लो भएको उनले कुराकानीमा भनिन।

source:euonlinekhabar

प्रतिकृया दिनुहोस्