Thursday, November 26

“सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने नेकपाका महासचिव पौडेलको प्रस्ताव”

November 18, 2020 76

“सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने नेकपाका महासचिव पौडेलको प्रस्ताव”

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले जानकारी दिए । पौडेलले सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए ।

बुधबारको सचिवालय समितिमा सत्तारुढ नेपाल कम्युनि’ष्ट पार्टी (नेकपा) का अध्यक्ष’ एवम् प्रधानम’न्त्री केपी’ शर्मा ओलीले तथ्यपरक प्रतिवेदन ल्याउने बताएका’ छन् । बुधबार बसेको सचिवालय बैठकमा आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताए ।‘मलाई तथ्यपरक प्रतिवेदन लेख्न समय लाग्छ । म माथि लागेको गम्भीर आरोपहरुको खण्डन नगरी अगाडि बढ्न सकिन्न’, प्रधानमन्त्रीको भनाइ थियो ।

बैठक स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अनुसार, दश दिनका लागि सचिवालय बै’ठक स्थगित गरिएको छ ।अर्थात्, दश दिन लगाएर’ प्रधानम’न्त्री ओलीले छुट्टै प्रतिवे’दन ल्याउनेछन् । कार्यकारी अ’ध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार’कै बैठकमा छुट्टै प्रतिवेदन पेश गरेका छन् ।प्रचण्डको प्रतिवेदन प्रति ओलीले आपत्ति जनाउँदै आएका छन् । ओलीले प्रचण्डको पत्रको जवा’फ नै नदिने नेताहरुलाई बताएका थिए । तर, प्रचण्ड’ले पेश ग’रेको पत्रको जवा’फ प्रधानमन्त्रीले तयार पार्ने भएका छन् ।ओलीले छुट्टै प्रतिवेदन तयार पारेपछि बैठक’मा प्रस्तुत भएका स’वै प्रस्तावमा’थि मंसिर १३’ मा बस्ने सचिवालयले छलफल गर्नेछ । आजको सचि”वालय बैठकले स्थायी कमिटी बैठक बोला’एको छ भने केन्द्रीय कमिटी बैठक सारेको छ ।

source:samacharpati

प्रतिकृया दिनुहोस्