Tuesday, November 24

” हामी प्रचण्डलाई साथ दिन्छौं ओलीलाई १ मिनेट पनि पदमा राख्न मिल्दैन भन्दै बाबुराम र गगनको १ नै बोलि “

November 19, 2020 292

३ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको असफलता/भ्र,ष्टा,चारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै लिखित आ,रो,प लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गरेका छन् । उनले नेकपाको झ,ग,डामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् ।

प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने विषय भन्दै लेखेका छन्, ‘१. राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन, २. ओली सरकारको असफलता÷भ्र,ष्टा,चारबारे उनकै पार्टीले समेत लिखित आ,रो,प लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई लगाएका आरोपहरूको सडक र सदनबाट जवाफ माग्ने बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै थापाले भनेका छन्, ‘आरोप लगाउने र आरोपित जसले जसलाई ‘फकाए’ पनि जसले आएर ‘फकाइदिए वा मिलाइदिए’ पनि अब हाम्रो एक–एक प्रश्नको उत्तर दिन तयार पनि हुनुहोला ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नुभएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनुभएको एक–एक प्रकरणको हिसाबकिताब अब संसद् र सडक दुवैबाट मागिनेछ ।

केही दिनअघि नेकपाका अध्यक्ष प्रचण्डले नेकपा सचिवालयको बैठकमा लिखित प्रस्ताव प्रस्तुत गर्दै अर्का अध्यक्ष तथा प्रधानमन्त्रीमाथि विभिन्न आरोप लगाएका थिए ।

भ्रष्टाचार, दुराचार, व्यभिचार र कमिसन खोरी’ नियन्त्रण गर्न सार्थक पाइला चाल्नुको सट्टा वाइडबडी विमान खरिद प्रकरण, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यती होल्डिङ्ससँगको अपारदर्शी र शंकास्पाद कारोबार, स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नुपूर्व गोप्य

राख्नुपर्ने करको दररेट परिवर्तनलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितताजस्तो प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गरेकोजस्तो आरोप प्रचण्डको थियो ।

नेकपामा आरोप–प्रत्यारोपमा उठेका विषयहरू नेकपाभित्र दुई ‘पाइलट’को मनमुटाव मात्रको विषय नरहेको भन्दै थापाले अब यो राष्ट्रिय सरोकारको विषय भएको बताए ।

प्रतिकृया दिनुहोस्