Saturday, December 5

“मोटरसाइकल पारखीहरुको लागि हिरोले ल्याउने ३०० सीसी सेग्मेन्टमा नयाँ एड्भेञ्चर बाईक यस्तो छ छन् फिचर”

November 19, 2020 153

हिरो मोटोकर्पले एक्सपल्स २०० को सफलतापछि ३०० सीसी सेग्मेन्टमा पहिलो मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले ल्याउने ३०० सीसीको मोटरसाइकल एड्भेञ्चर टुरर हुने छ ।

 

एड्भेञ्चर मोटरसाइकलको बढ्दो लोकप्रियतामा आफ्नो स्थान खोज्दै आएको हिरोले ल्याउने नयाँ मोटरसाइकलले नेपाली बजारमा उपलब्ध थुप्रै एड्भेञ्चर मोडलसँग प्रतिस्पर्धा गर्ने छ । भारतमा केटीएम ३९० सँग सिधा प्रतिस्पर्धा गर्न कम्पनीले नयाँ मोटरसाइकल ल्याउन लागेको जनाएको छ । नयाँ मोटरसाइलको अपूर्ण प्रोटोटाइप भने कम्पनीले हिरो ग्लोवल २०२० मा सार्वजनिक गरेको थियो ।

कम्पनीले नयाँ एड्भेञ्चर मोटरसाइकलमा सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन प्रदान गर्ने छ । उक्त इन्जिनले ३० बीएच भन्दा बढी पावर प्रदान गर्ने अनुमान गरिएको छ । अहिलेसम्म हिरोले बनाएका सबै मोटरसाइकलको तुलनमा यसको पावर धेरै हुने छ ।

यसको पुष्टी भने कम्पनीले गरिसकेको छैन ।कम्पनीले पहिलो पटक ‘स्टील ट्रायल फ्रेम’मा यसको उत्पादन गर्ने छ । जसको प्रयोग पावरफुल मोटरसाइकल उत्पादनमा कहलिएका केटीएम र डुकाटीले गर्दै आएका छन् । यो फ्रेम रेगुलरको तुलनामा हलुका र बलियो हुने गर्छ ।

यसलाई प्रिमियम बनाउन कम्पनीले कुनै कसर बाँकी नराख्ने देखिएको छ । कनेक्टीभीटी सहितको फुल डिजिटल इन्ट्रुमेन्ट कलष्टर, डबल च्यानल एबीएस सहितको दुबै चक्कामा डिस्क ब्रेक, २१ इन्चको अगाडि ह्वील र १७ इन्चको पछाडिको ह्वीलले मोटरसाइकललाई आक्रमक लुक्स प्रदान गर्ने छ । साथै, यसमा प्रयोग हुने सबै किसिमका लाइट एलइडी प्रयोग हुने छ ।

हिरोले डकार र्यालीमा प्रयोग गर्दै आएको ‘हिरो ४५० आरआर’मा प्रयोग भएको टेक्नोलोजी यसमा प्रयोग गर्ने अनुमान गरिएको छ ।अहिले बजारमा बिक्री भइरहेका बीएमडब्ल्यू जी ३१० जीएस र केटीएम ३९० एड्भेञ्चरको तुलनामा यसको मूल्य कम हुने अनुमान गर्न सकिन्छ । माथि उल्लेख गरिएका दुबै मोटरसाइकलको मूल्य १० लाख रुपैयाँ आसपास रहेको छ ।

प्रतिकृया दिनुहोस्