Wednesday, December 2

सीमाका हिरो किसमान

October 28, 2020 115

नेपाल–भारत सीमा स्तम्भको विषयमा पटक–पटक चर्चा हुने गरेको छ । त्यो चर्चा सकारात्मकभन्दा पनि नेपाली भूमि भारतले मिचिएको भन्ने हुन्छ । यस्ता समाचार नयाँ होइन ।

सीमा मिचिएको पीडा र आफ्नो मुलुकको माटो के भन्ने महत्त्व काठमाडौंमा टेबल ठोकेर राष्ट्रवादी भाषण गर्नेभन्दा सदियौंदेखि सीमा क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई थाहा हुन्छ । त्यो पीडाले कति पोल्छ भन्ने उनीहरुले अनुभूति गर्दै आएका छन् ।

अहिले कोरोना भाइरस (कोभिड १९) कारण नेपाल–भारत दुवैतर्फ सीमा नाकामा कडाइ गरिएको छ । नेपाली सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरी बललाई जिम्मा दिइएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा २४सैं घण्टा सुरक्षा दिइरहेको छ । त्यसैले सीमाका जनताका लागि सशस्त्र प्रहरी साथी भएको छ । सीमा सुरक्षामा खटिरहनेमध्ये एक हुन् सशस्त्र प्रहरी निरीक्षक किसमान माम्बा । उनी यही क्षेत्रमा प्रत्यके दिन १८ घण्टा जंगे पिलरको सुरक्षार्थ फ्रन्ट लाइनमा खटिरहेका छन् ।

सीमा स्तम्भको रक्षा

‘मेरो क्षेत्रमा करिब २०० सीमा स्तम्भ रहेका छन् । कतै जंगे पिलर, कतै मझौला स्तम्भ र कतै सानो सीमा स्तम्भहरु रहेका छन्,’ सशस्त्र प्रहरी निरीक्षक किसमान माम्बाले जयदेश डटकमसँग भने, ‘कुनै स्तम्भ खोलाको बीचमा छ । कुनै जीर्ण अवस्थामा, केही खेतको बीचमा, आलीमा रहेको छन् । कतै नदी किनारामा छ ।’

सीमा स्तम्भहरु कतै हराए। कसैले फुटायो, हल्लायो वा सा¥यो भने हाम्रो टिमले जबाफदेही हुनुपर्छ । यस कारण टिमले २४सै घण्टा अनुगमन गरिरहेका उनले बताए ।

सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) भिखमपुर अन्तर्गत पर्सा जिल्लाको धोवनी गाउँपालिका–१ घोडदौडदेखि जगरनाथपुर गाउँपालिका–१ पिपराडी अनुगमन कार्य भएको प्रहरी निरीक्षक माम्बाले बताए । सशस्त्र प्रहरी सीमा सुरक्षा बल भिखमपूर र भारतका सीमा सुरक्षा बल एसएसबीको संयुक्त टोलीले यस क्षेत्रमा अनुगमन गरिरहेको उनको भनाइ छ ।

एसएसबीसँगको सम्बन्ध

पछिल्लो समय भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग सशस्त्र प्रहरी सीमा सुरक्षा बलको राम्रो सम्बन्ध रहेको बताइएको छ । कतिपय विषयमा कहिले भारतीय पक्ष र कहिले नेपाली पक्षबाट समन्वय छलफल र सहकार्य भइरहेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनाएको छ ।

मासिक रुपमा दुई पक्षबीच सीमा सुरक्षाकै विषयमा समेत छलफल गरिरहेको सशस्त्र प्रहरी निरीक्षक माम्बाले बताए । ‘कहिले सीमा स्तम्भ पानीले बगाएको हुन्छ । कहिले डुबाएको हुन्छ,’ उनले भने, ‘यस विषयमा साझेदारी गरिरहेका हुन्छौं ।’

उनका अनुसार पिल्लर नम्बर ४१६/६ देखि ४२४/१३ सम्मको खोजी तथा अनुगमन कार्य समेत भइरहेको छ । तर, कतिपय ठाउँमा पानीका कारण पिलर खोज्नै समस्या रहेको उनको अनुभव छ ।

सशस्त्र प्रहरी बलले सीमा स्तम्भ मात्र होइन, सीमा क्षेत्रको सम्पूर्ण सुरक्षाको पनि जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । सीमामा हुने अपराध नियन्त्रणसँगै चोरी निकासीलाई नियन्त्रणको जिम्मा पनि उनीहरुको छ । साथै, प्राकृतिक विपत्तिका बेला अग्रभागमा रहेर काम गर्नुपर्ने जिम्मेवारी पनि छ ।

सुरक्षा बल थोरै जिम्मेवारी धेरै

सशस्त्र प्रहरी निरीक्षक माम्बाको अनुभवमा सीमा सुरक्षा बल थोरै भएको र कार्यभार धेरै छ । भारतीय पक्षको बिओपी प्रत्येक चार किलोमिटरको फरकमा हुन्छ । नेपाली पक्षको भने १८ किलोमिटरको फरकमा छ । यस्तो अवस्थामा सीमा स्तम्भ सुरक्षा गर्ने चुनौती रहेको उनको बुझाइ छ ।

यद्यपि, थोरै संख्यामा भए पनि सीमा स्तम्भ दैनिक अनुगमन गर्दै आएको उनले बताए । उनले भने, ‘यसमा सीमा स्तम्भ ठिक ठाउँमा छ की छैन भन्ने हेर्छौं ।’

सशस्त्र प्रहरी बलले सीमा स्तम्भ मात्र होइन, सीमा क्षेत्रको सम्पूर्ण सुरक्षाको पनि जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । सीमामा हुने अपराध नियन्त्रणसँगै चोरी निकासीलाई नियन्त्रणको जिम्मा पनि उनीहरुको छ । साथै, प्राकृतिक विपत्तिका बेला अग्रभागमा रहेर काम गर्नुपर्ने जिम्मेवारी पनि छ ।

सशस्त्र प्रहरी निरीक्षक माम्बाको क्षेत्रमा नेपाल र भारत आउने–जाने १० वटा छोटो दूरीको बाटो रहेका छन् । उनका अनुसार अहिले वीरगञ्जको रक्सौल नाकालाई मात्र प्रवेश गर्न पाउने व्यवस्था गरिएकाले नाका क्षेत्रमा सहज वातावरण हुँदै गएको छ ।

‘छुनै पर्ने हुन्छ । साधरण मास्क र ग्लोब लगाएर काम गर्नु पर्छ । भनेजस्तो स्रोत साधन छैन ।’ तर, यस्तो असहज समयमा पनि उनको नेतृत्वमा जेठ २३ गतेपछि मात्रै अवैध सामान बरामद गर्दा ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

आन्तरिक कर्फ्युपछिको खुकुलो

नाका, कारोना संक्रमणको हिसावले संवेदनशील क्षेत्र हो । एक समय कर्फ्यु नै जारी भयो । यस्तो अवस्थामा आँखाले भ्याएसम्म सीमा स्तम्भको सुरक्षाका लागि उभिरहेको उनी सुनाउँछन् ।

‘यहाँको स्थानीय बिरामी पर्दा समस्या हुन्छ । यहाँबाट वीरगञ्ज पुग्न डेढ घण्टा लाग्छ । तर, सीमापारि जान पाँच मिनेट लाग्छ । यता कर्फ्यु छ,’ उनले भने, ‘यस्तो बेला स्थानीय र हाम्रो टिमबीचमा विवाद सुरु नभएको होइन । हेर्दा सामान्य लागे पनि यो ठूलो विषय हो । यस्तो समयमा समेत स्थानीयलाई सम्झाएर पठाउने गरेका छौं ।’

फ्रन्ट लाइनमा हुने असहजता

कोरोना भाइरस महामारीका बेला फ्रन्ट लाइनमा बसेर काम गर्ने जो कोहीलाई सहज छैन । भनेको मानेन भने सम्झाउनु बुझाउनु पनि सीमा क्षेत्रकै प्रहरीको दायित्व हुन्छ ।

उनले भने, ‘छुनै पर्ने हुन्छ । साधरण मास्क र ग्लोब लगाएर काम गर्नु पर्छ । भनेजस्तो स्रोत साधन छैन ।’ तर, यस्तो असहज समयमा पनि उनको नेतृत्वमा जेठ २३ गतेपछि मात्रै अवैध सामान बरामद गर्दा ६४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिकृया दिनुहोस्