सुरक्षागार्डको रुपमा बिगत १८ महिना देखि मलेसियाको सेलाङ्गर राज्यमा पर्ने साहआलम सेक्सन नम्बर. २६ मा सेक्युरेट स्वएन्ज नामक सेक्युरिटी कम्पनीमा काम गर्दै आएका जिवन तामाङको सुतेकै अवस्थामा मृत्यु भएको छ।
नेपाल ठेगाना नुवाकोट , ककनि गाउँपालिका त्रिशुली निवासी नेपाली कामदार जिवन तामाङको मंगलबार राति मृत्यु भएको संगै कामगर्ने अर्का एक प्रत्येक्षदर्शी नेपालीले बताउनुभयो।
बिहानको ड्युटी सकिएर स्वास्थ्य अवस्था अलिक ठिक नभएको बताउदै तामाङले आफू साझ क्लिनिक जान्छु भनेर क्लिनिक गएर फर्किएका थिए। रुममा संगै बस्ने साथीहरूले क्लिनिकमा उपचार बारे सोधपुछ गर्दा तामाङले आफुलाई त्यस्तो केहि नभएको बताएका थिए।
बेलुकी साथीहरूसंगै खाना खाएर ओछ्यानमा सहजै सुतेका उनि मोबाइलमा भिडियो हेरिरहेका थिए , त्यतिबेलानै अचानक उनको हात बाट मोबाईल तल झर्यो साधारण छट्पटीएको जस्तो गर्नुभएको थियो, तर लगत्तै एकैछिनमा प्राण त्याग्नुभयो प्रत्येक्षदर्शी नेपालीले बताउनुभयो।
रोजगारदाता कम्पनी श्रोतका अनुसार मृतक तामाङको सव पोस्टमार्टमको लागि अस्पताल लगिसकेको र रिपोर्ट आउन बाँँकी रहेको बताउनुभयो , साथै पोस्टमार्टम सकिए लगत्तै मृतकका परिवारको सल्लाह अनुसार आवश्यक काउनी प्रक्रिया पुर्याएर मृत सव स्वदेश फिर्ता गराउने बताउनुभएको छ।
source:malayakhabar
प्रतिकृया दिनुहोस्