Saturday, December 5

“नौलो कुरा यस्तो गाउँ छ नेपालमा जहाँ केटी सुन्दर भए नि केटा नपाएर युवतीहरू तड्पि रहेको छ (भीडीयो हेर्नुहोस)”

November 19, 2020 237

नेपालमा यस्तो पनि गाउँ छ । जहाँ युवतीहरुले केटा नपाउँदा वैवाहिक सम्बन्ध राख्न पाएका छैनन् । सुन्दा पनि अचम्म लाग्ने यो खबर गोरखाका विकट गाउँहरुको हो । बिही ६,न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन् । न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ ।

अहिलेसम्म उनको लगन जुरेको छैन ।‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन् । उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन् ।

बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन् ।‘मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो रु’ स्थानीय देवानी गुरुङले भनिन् । उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन ।

छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन्, म त बूढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन् ।’देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन् । अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो । ‘लगन जुरेन, कर्ममा नलेखेर होला नि,’ उनले भनिन्, ‘बिहे गर्न कसलाई पो मन हुँदैन र!’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन् । ६ वर्षअघि आमाको मृ’त्यु भएपछि उनी भा ववि ह्वल भएर घरबाट निस्किइन् ।

source:edeurali

प्रतिकृया दिनुहोस्