Wednesday, February 24

“चिनियाँ रक्षा’मन्त्री तथा स्टेट काउन्सि’लर जनरल वेई फेङहे यही नोभेम्बर’को अन्तिम’मा नेपाल आ’उदै “

November 20, 2020 192

छिमेकी राष्ट्र चिनको रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेई फेङहे यही नोभेम्बरको अन्तिममा नेपाल आउने भएका छ।

उच्च सरकारी स्रोतका अनुसार उनको नेपाल भ्रमणको तय भइसकेको र मिति तय नभयको बतायको छ। यसअअघि चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण हुने बताइए पनि अन्तिममा रक्षामन्त्रीको नेपाल भ्रमण हुन लागेको परराष्ट्र स्रोतले बतायो। चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण तय भए पनि मिति र भ्रमण कार्यतालिका भने तय भइनसकेको जनाइएको छ।

जनरल वेइ सन् २०१८ मार्चदेखि चीनको उपप्रधानमन्त्रीपछि पहिलो नम्बरका स्टेट काउन्सिलर र रक्षामन्त्रीको जिम्मेवारीमा छन्। चिनियाँ सेना पीएलएको रकेट फोर्स कमाण्डर रहिसकेका वेइ राष्ट्रपति सी चिनफिङ अध्यक्ष रहेको केन्द्रीय सैन्य आयोगका चारमध्ये पहिलो नम्बरका सदस्य हुन्।

यसअघि हालै मात्र छिमेकी राष्ट्र भारतीय थलसेनाका प्रमुख जनरल मनोजमुकुन्द नरवणेले नेपालको भ्रमण गरेका थिए। उत्तरी दक्षिण छिमेकीका उच्च रक्षा अधिकारीहरुको काठमाण्डौ भ्रमणमा प्रतिस्र्धा जस्तै देखिएको छ।

यद्यपी भारतीय सेनापति परम्पराअनुसार नेपाली सेनाको मानार्थ महारथी पदवी ग्रहणका लागि नेपाल आएका थिए। त्यसअघि भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्त कुमार गोयल पनि काठमाडौं आएका थिए।

source:plakhabar

 

प्रतिकृया दिनुहोस्