Tuesday, November 24

“सरकारको नेतृत्व गर्नेले विवेक गुमाएपछि हरेको ठाउमा दुख पाउछ यो सुरुवात मात्र हो : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल”

November 22, 2020 148

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेतृत्वको कमजोरीका कारण पार्टी र नेतृत्वमाथि खुइल्याउने क्रम सुरु हुने बताएका छन् । शनिबार चितवनको राप्ती नगर कमिटीको बैठकमा नेकपा स्थायी समिति सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार भएको घटनाप्रति संकेत गर्दै मुख्यमन्त्री पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

उनले नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाएपछि माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ ।’

 

शनिबार चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता पाण्डेले बोल्ने क्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गर्नुका साथै हो–हल्ला गरेका थिए।

***********यस समाचारको पुरा लिंक तल भीडीयोमा रहेको छ ************

soure:nepalflash

प्रतिकृया दिनुहोस्