Thursday, November 26

विश्वकै प्राकृतिक सुन्दर देश नेपाल स्वर्ग हो: कतारी राजदूत युसुफ,

October 28, 2020 88

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उहाँको भनाइ छ ।

रुपन्देहीको लुम्बिनी र कपिलवस्तुको कृष्णनगर क्षेत्रको अवलोकन गर्न पुग्नुभएका राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताउनुभयो । कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले उनीहरुको परिवार र बाललिबालिकाको अवस्था बुझ्न यहाँ आउनुभएको हो । रोजगारीका सिलसिलामा कतारमा रहेका लगनशील नेपालीको रहनसहन, बोली, भाषा, दैनिकी, जीविकोपार्जनको अवस्था बुझ्न आएको राजदूत हेलले जानकारी दिनुभयो ।

कतारी राजदूतले यहाँका बालिबालिका संसारकै राम्रा रहेको जनाउँदै तिनको शैक्षिक अवस्था सुधार गर्न स्थानीयवासीसँग आग्रह गर्नुभयो । कपिलवस्तुको भौतिक संरचना, सडक, बत्ती, स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रको विकासका लागि कतार नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको उहाँले बताउनुभयो ।

बुधबार, कार्तिक १२, २०७७मा प्रकाशित गरिएको

source: tajakhabarnepal

प्रतिकृया दिनुहोस्