“प्रचण्ड र नेपाललाई ठुलो,झड्का ओलीले देउवालाई आठ मन्त्रालय दिने प्रस्ताव”
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेका छन्।
शनिबार बालुवाटारमा भएको दुईजनाको भेटघाटमा ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राखेका छन्। भेटमा काँग्रेसको तर्फबाट देउवा, रमेश लेखक र गोपालमान श्रेष्ठ थिए भने बालुवाटारको तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सामेल भएको बताइएको छ ।
देउवाले सहयोगीहरुसँग सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिएको एक उच्च राजनीतिक स्रोतले देश सञ्चारलाई बतायाे। प्रचण्डले पहिलेदेखि नै दुःख दिएको र अहिले त्यसमा माधव नेपाल पनि मिसिएपछि आफू संकटमा परेको भन्दै सहकार्यको प्रस्ताव देउवा समक्ष ओलीले राखेको स्रोतले बतायो। देउवाले तत्काल कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न पनि ओलीसँग आग्रह गरेको बुझिएको छ।
प्रतिकृया दिनुहोस्