Thursday, November 26

“शालिग्राम नेपालमा, संरक्षण गरिँदै : ॐ लेखेर ,सेयर गर्नुहोस”

November 22, 2020 106

प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरिएको छ । निकट भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम सङ्कलन र संरक्षण शुरु गरेको हो ।क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले हिन्दूले शालिग्रामको दर्शन र अवलोकन गर्न सकून् भन्ने उद्देश्यले सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिए ।

कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीले पवित्र मान्ने शालिग्रामको संरक्षणका लागि समितिले पहल शुरु गरेको उनले बताए ।“वेदशास्त्रमा पनि गण्डकी र शालिग्रामको विशेष महिमा रहेको बताइन्छ, दामोदर कु’ण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा हुन्”, उनले थपे “कतिपयले शालिग्रामको व्यापार व्यवसाय गरेर बेच्न पनि लागे, हामीले यसको व्यापार व्यवसाय गर्नुहुन्न भन्नका लागि संरक्षणको अभियान थालनी गरेका हाँ ।”शालिग्राम संरक्षणले धार्मिक पर्यटन प्रवद्र्धन हुने र शालिग्राम दर्शन गर्न देवघाटधाम जानुपर्छ भन्ने सन्देश दिन लागिएको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालय निर्माणका लागि एक वर्षभित्रै काम शुरु गरिने र अहिले विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागिएको छ । पर्यटन विभागबाट देवघाट क्षेत्रको विकासका लागि चालू आर्थिक वर्षमा रु ५० करोड बराबरको योजना परेको र त्यसका लागि केही समयभित्र प्राविधिक आउने तयारी गरेका छन् ।

***********यस भीडियोको पुरा लिंक तल रहेको छ************

प्रतिकृया दिनुहोस्